
नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। केन्द्रिय विदेश राज्य मन्त्री पवित्र मार्घेरिटाले शुक्रवार विपक्षमाथि चर्को प्रहार गर्दै भनिन्, कंग्रेस र यसका सहयोगीहरूले मियाँहरूसित सम्बन्धित मुद्दामा चयनात्मक आक्रोश देखाउँछन्।
पत्रकारहरूसित बातचित गर्दै उनले आरोप लगाइन्, कंग्रस र यसका साथी मियाँ समुदायविरूद्ध कुनै पनि टिप्पणी गरियो भने तुरून्तै भड़्किन्छन् जबकि कतिपय संवेदनशील मुद्दाहरूमा विपक्षी नेताहरू मौनता धारण गर्दछन्। उनले भनिन्, गौरव गोगोई, अखिल गोगोई औ लुरिन ज्योति गोगोई मियाँ आक्रामकताको प्रश्नमा मौन बस्छन् जसबाट धेरैवटा प्रश्नहरू उठ्छन्।
केन्द्रिय विदेश राज्यमन्त्रीले थप आरोप लगाइन्, अखिल गोगोईले “अशोभनीय आचरण” देखाउँछन् अनि मियाँसित जोड़िएको प्रश्न गर्दा लुरिन ज्योति गोगोईले पत्रकारहरूसित “दुर्व्यवहार” गर्दछन्। उनले भनिन्, विपक्षको राजनीति “मियाँ” तुष्टीकरण औ सोशल मीडिया वरपर मात्र घुमिरहन्छ जबकि भाजपा कार्यकर्ता अनि सरकारका मानिसहरू दिनहुँ जनतामाझमा पुगेर काम गर्दछन्।
उनले भनिन्, राज्यका 25-27 मुस्लिम बहुल सीटहरूमा एनडीएको सोझो भिड़न्त कंग्रेस र यसका सहयोगीहरूसित हुन्छ, तर लगभग 103 असमिया रजनजाति बहुल सीटहरूमा एनडीएको बहुमतले जीत सुनिश्चित छ। पछिलो चुनाउ परिणामले यसको पुष्टि गर्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा