
कोलकाता, 22 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार एक्स (पूर्वमा ट्विटर)-मा पोस्ट गरी कृष्णानगरमा भएको एक जना बीएलओको आत्महत्याप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। मृत बीएलओ रिंकु तरफदार जो प्राथमिक विद्यालयमा प्यारा-शिक्षिका थिइन् तथा एसी-82 चापराको पार्ट नम्बर- 201 की बीएलओको रूपमा कार्यरत थिइन्,-ले आत्महत्या गर्नपूर्व आफ्नो सुसाइड नोटमा चुनाउ आयोगलाई दोषी ठहराएकी छन्। मुख्यमन्त्रीले आफ्नो पोस्टमा सुसाइड नोटको प्रति पनि साझा गरेकी छन्।
ममता ब्यानर्जीले भनिन्, विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाको क्रममा लगातार बीएलएओहरूको मृत्यु हुनु भनेको अत्यन्त चिन्ताजनक कुरा हो। उनले प्रश्न उठान गरिन्, “अझै कति जनाको ज्यान जानेछ? अझै कतिजना यस एसआईआरको लागि मर्नुपर्नेछ? हामीले अझै कतिवटा लाशहरू देख्नेछौं?”
मुख्यमन्त्रीले यस घटनालाई अत्यन्त भयानक तथा चेताउनीपूर्ण बताइन्। उनले भनिन्, लगातार बढ़्दो यस्ता घटनाहरू प्रशासन अनि समाज दुवैको लागि गहिरो चिन्ताको विषय हो।
राज्य सरकार अनुसार मृत बीएलओलाई कृष्णानगरस्थित आफ्नो आवासमा मृत पाइयो। प्राथमिक जाँचमा थाहा लाग्यो, उनी एसआईआर अवधि अत्यधिक तनाउमा थिइन्। परिवारले पनि उनीमाथि बढ़्दो कामको दबाव रहेको आरोप लगाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा