शुभेन्दु अधिकारीको आरोपः एसआईआर फारम भर्दा भाजपा कार्यकर्तालाई दिइयो धम्की, केबल कनेक्शन पनि काटियो
शुभेन्दु अधिकारीको आरोपः एसआईआर फारम भर्दा भाजपा कार्यकर्तालाई दिइयो धम्की, केबल कनेक्शन पनि काटियो


कोलकाता, 22 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले शनिवार एक्स (पूर्वमा ट्विटर)-मा एउटा पोस्ट जारी गरी तृणमूल कंग्रेसमाथि गम्भीर आरोप लगाएका छन्। उनले दाबी गरे, आरामबाग सांगठनिक जिल्लाको चन्द्रकोणा विधानसभा अन्तर्गत मंगरूल क्षेत्रमा बूथ नम्बर-216 (गोहाल सिनी)-की भाजपा कार्यकर्ता हिमाद्री देलाई तृणमूल पञ्चायत सदस्य शेख शाफिरूल हक अनि अमजद अली खानले खुल्ला धम्की दिएका छन्। अधिकारीले घटनाको एउटा अडिको क्लिप पनि आफ्नो एक्स अकाउण्टमा साझा गरेका छन्।

अधिकारीले भने, हिमाद्री देको दोष मात्र यति थियो कि उनले एसआईआर फारम भरिन्। यसको सट्टामा उनलाई गाली मात्र गरिएन जबकि उनको घरको टीभीको केबल कनेक्शन समेत काटियो।

शुभेन्दु अधिकारीले भने, देशका अन्य राज्यहरूमा पनि एसआईआर प्रक्रिया भइरहेको छ, तर कतै यस्तो अराचक स्थिति छैन। एसआईआर एक सामान्य प्रक्रिया हो जसलाई चुनाउ आयोगले नियमित अन्तरालमा लागू गर्दछ।

उनले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि आरोप लगाउँदै भने, उनले शुरूबाटै एसआईआरको विरोध गरिरहेकी छन् र जनतालाई गलत जानकारी दिएर भड़्काइरहेकी छन्।

अधिकारीले पोस्टमा भने, एसआईआर प्रक्रिया शुरू भएपछि “बंगलादेशी र अवैध मतदाताहरूले राज्य छोड़्न शुरू गरिसकेका छन्” जसबाट तृणमूल कंग्रेसमा असन्तोष व्याप्त भएको छ। उनले आरोप लगाए, ममता ब्यानर्जी यी अवैध मतदाताहरूको माध्यमबाट नै “अहिलेसम्म सत्तामा कायम रहेका छन्”।

नेता प्रतिपक्षले टीएमसी कार्यकर्ताहरूलाई चेताउनी दिँदै भने, “यस्तो धम्की र दबावको राजनीतिदेखि टाड़ा बस्नुहोस्, नत्र परिस्थिति तपाईहरूको विरोधमा हुनसक्छ। त्यसबेला तपाईहरूको नेता वा पार्टी पनि साथमा हुनेछैन।” उनले भने, पश्चिम बंगालका जनताले एसआईआर प्रक्रियालाई स्वागत गरिरहेका छन् त्यसैले तृणमूल नेतृत्व डर मा छन्।

पुलिस एवं प्रशासनको पक्षबाट यस आरोपको सन्दर्भमा यो समाचार लेखुञ्जेलसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको थिएऩ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande