धानको खेतमा भेटियो महिलाको रगताम्मे शव
धानको खेतमा भेटियो महिलाको रगताम्मे शव


उत्तर 24 परगना, 22 नोभेम्बर (हि.स.)। उत्तर 24 परगना जिल्लाको माटिया थानान्तर्गत सांगबेड़िया क्षेत्रमा शनिवार बिहान धानको खेतभित्र एक जना महिलाको रगताम्मे शव भेटियो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि बसिरहाट महकुमा अस्पतालमा पठाइदियो। स्थानीय किसानहरूले बिहान खेतमा काम गरिरहेको समय महिलाको रगताम्मे शवलाई देखे। तुरून्तै यसको सूचना पुलिसलाई दिइयो। पुलिसले घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर जाँच शुरू गऱ्यो।

शवको नजिकमा कपड़ाहरूको एउटा पोको अनि एउटा ब्याग भेटिएको छ, तर ब्यागभित्र उसको पहिचानसित सम्बन्धित कुनै जानकारी भेटिएन। पुलिसले उक्त सामानहरूको जाँच गरिरहेको छ। साथै महिलाको तस्वीरलाई वरपरका थानाहरूमा पठाइएको छ ताकि उसको पहिचान गर्न सकियोस्।

माटिया थाना प्रभारी विश्वजीत सांपुईले बताए, एक जना अज्ञात महिलाको लाश भेटिएको छ। “महिलाको शरीर र गर्दनमा केही चोटको निशान छ। यो स्पष्ट छ कि मामिला संदिग्ध हो। जाँच हरेक दिशामा गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande