
हरदोई, 22 नोभेम्बर (हि.स.)। जिल्लाको पचदेवरा थाना क्षेत्र स्थित अनंगपुर-शाहाबाद मार्गमा शनिवार दिउँसो एक युवतीको शव भेटियो। सूचना पाएर अपर पुलिस अधीक्षक (एएसपी) आलोक राज नारायण पुलिस फोर्सको साथ घटनास्थलमा पुगे। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको जाँच शुरू गरेको छ।
एएसपी आलोक राज नारायणले बताए, अनंगपुर-शाहाबाद मार्गमा शनिवार दिउँसो एक युवतीको शव भेटिएको जानकारी पुलिसले पायो। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर घटनास्थलको जाँच गऱ्यो। शवको मुख, आँखा र शरीरका धेरै हिस्साहरूमा गम्भीर घाउँको निशान छ, जबकि लुगा पनि पूरा फाटिएको थियो, जसले घटनालाई संदिग्ध बनाइऱहेको छ। मृतकाको आयु 25 वर्ष छ, जसको अहिलेसम्म पहिचान हुनसकेको छैन। पुलिसको प्रारम्भिक अनुमान अनुसार, युवतीको मृत्यु सम्भवतः सड़क दुर्घटनामा भएको हो। यद्यपि, घटनास्थलको स्थिति र शवमा भेटिएको घाउँले धेरै प्रश्नहरू तेर्साइरहेको छ। गाउँलेहरूले दुर्घटनाको थ्योरीलाई खारेज गर्दै हत्याको आशंका व्यक्त गरेका छन्। उनीहरूको भऩाई छ, युवती स्थानीय लागिरहेकी छैनन् र वरपरको कुनैपनि गाउँबाट कोही पनि हराएको खबर छैन।
एएसपीले बताए, पुलिसले घटनास्थलको गहन निरीक्षण गरी महत्वपूर्ण साक्ष्य एकत्र गरेको छ। मामिलाको जाँच सबै सम्भावित एंगलबाट गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी