
पश्चिम मेदिनीपुर, 25 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुरको सबांग विधानसभा क्षेत्रबाट गए सोमवार साँझ एक महत्वपूर्ण राजनीतिक घटनाक्रम सामु आयो। क्षेत्रका प्रतिष्ठित शिक्षाविद्, कंग्रेसका वरिष्ठ नेता तथा एम.एन.एम. ग्रुप अफ एजुकेशनका चेयरम्यान शमसुल मिर्ज़ा आफ्ना 60 जना समर्थकहरूको साथमा भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भए।
यो कार्यक्रम मण्डल अध्यक्ष, बूथ अध्यक्ष तथा जिल्लाका वरिष्ठ नेतृत्वको उपस्थितिमा सम्पन्न भयो। पार्टी पदाधिकारीहरूले शमसुल मिर्जा र उनका समर्थकहरूलाई स्वागत गरे अनि भाजपाको संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने आग्रह गरे।
भाजपा नेतृत्वको भनाइ छ, शमसुल मिर्जाको निर्णयले संबाग क्षेत्रको राजनीतिक तथा शैक्षणिक वातावरणलाई सकारात्क दिशा प्रदान गर्नेछ। स्थानीय स्तरमा भाजपालाई यसबाट नयाँ ऊर्जा अनि सुदृढ़ता प्राप्त हुनेछ।
कार्यक्रममा पार्टी नेताहरूले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भइरहेको विकासको मार्गमा प्रत्येक समाजहितैषी व्यक्तिलाई भाजपामा स्वागत छ।
भाजपा संगठनले यस नयाँ सहयोगलाई संबागको राजनीतिको लागि महत्वपूर्ण बताउँदै “विकासको दिशामा नयाँ शक्ति”-को संज्ञा दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा