हङकङका आठ आवासीय भवनमा आगलागी, हालसम्म ४४ जनाको मृत्यु, उद्धार कार्य जारी
Hongkong fire


हङकङ, २७ नोभेम्बर (हि.स.)। विश्वकै चमक–दमकका लागि चर्चित हङकङ अहिले आफ्नो इतिहासकै भीषण आगलागीबाट जुझिरहेको छ। हिजो आठवटा बहुतले आवासीय भवन (टावर) मा लागेको आगलागीमा आज बिहानसम्म ४४ जनाको ज्यान गएको छ। यीमध्ये चार भवनको आगो नियन्त्रणमा ल्याइएको छ भने तीन भवनमा अहिले पनि दमकलकर्मीले कडा परिश्रम गरिरहेका छन्। एक टावर सुरक्षित रहेको बताइएको छ। आगलागी भएका सबै टावर 'ताई पो के वाङ फुक कोर्ट' क्षेत्रमा छन्।

हङकङमा सबैभन्दा धेरै पढिने अंग्रेजी दैनिक द स्ट्यान्डर्डले आफ्नो वेबसाइटमा स्थानीय समयानुसार बिहान ०६ः५० बजे प्रकाशित डिस्प्याचमा लेखे अनुसार, ‘ताई पो के वाङ फुक कोर्ट’मा आगलागीबाट मृतकको संख्या ४४ पुगेको जनाएको छ। यो जानकारी स्थानीय पुलिस र दमकल विभागले दिएको हो। ध्यानयोग्य कुरा, भारत र हङकङबीच दुई घण्टा ३० मिनेटको समयान्तर छ। अर्थात्, भारतमा बिहान ६ बज्दा हङकङमा ८ः३० बजेको हुन्छ।

द स्ट्यान्डर्ड को रिपोर्टअनुसार, पुलिस र दमकल विभागका अधिकारीहरूले पूर्ण विवरण दिँदै आज बिहान भने, यस घटनामा भवन निर्माण कम्पनीका तीन अधिकारीलाई पक्राउ गरिएको छ। दमकल विभागका उप–निदेशक चान हिङ–युङले पत्रकारहरूलाई बताए अनुसार, उद्धार कार्य जारी छ। आठ प्रभावित भवनमध्ये एक भवनमा कुनै क्षति भएको छैन, चारमा आगो निभाइसकिएको छ, जबकि तीनमा अझै काम चलिरहेको छ। उनले थपे, दमकलकर्मीहरू आज दिउँसोदेखि बेलुकासम्म छतसम्म पुग्ने अपेक्षा गरिएको छ।

दमकल विभागका अनुसार, उद्धार टोलीले रातभरि १३औँ र तेस्रो तलाबीच कार्य गर्यो। सबैभन्दा बढ़ी प्रभावित तला ५औँदेखि १८औँ तलासम्मका रहेका छन्। एम्बुलेन्स सेवा (न्यू टेरिटरीज इष्ट) का अधिकारी चाउ विङ–यिनका अनुसार, लगभग १०० जनालाई कुनै न कुनै तरिकाले बचाएर तल ल्याइयो। तीमध्ये ४० जनाले घटनास्थलमै ज्यान गुमाए भने चार जनाको मृत्यु अस्पतालमा भयो। आगो निभाउने क्रममा सात जना दमकलकर्मी पनि घाइते भएका छन्।

यसैबीच रक्षा सचिव क्रिस ट्याङ पिङ–क्युङले भने, यस त्रासदीको अनुसन्धान शुरुवाती चरणमै आपराधिक कृत्यको दिशामा अघि बढाइनेछ। राति ३ः३० बजे जानकारी दिइयो कि धेरै पीडितहरूलाई सास फेर्न निकै गाह्रो भएको थियो। २९ जनालाई अस्पताल भर्ना गरिएको छ, तीमध्ये सातजनाको अवस्था गम्भीर छ। आज बिहान करिब ३ बजे अस्पताल पुर्‍याइएका मानिसहरूको संख्या ४८ पुगेको थियो, जसमा चार जनाको मृत्यु भएको पुष्टि भयो। पुलिसका अनुसार, बिहान ४ बजे भवन निर्माण कम्पनीका तीन व्यक्तिलाई अवाञ्छित जनहत्या (नन–इन्टेन्सनल हत्याको आरोप) मा पक्राउ गरियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande