टर्जम पोख्रेबुङ गोल्ड कपको दोस्रो दिनको खेलमा मार्बिक स्पोर्टिङ्ग क्लब बिजय
Turzum gold cup


दार्जिलिङ, 3 नोभेम्बर (हि.स.)। टर्जम पोख्रेबुङ गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा मार्बिक स्पोर्टिङ्ग क्लब बिजय बनेको छ। टर्जम क्षेत्रको पूर्व सैनिक र अर्धसैनिक बलको आयोजनामा हिजोदेखि शुरु भएको टर्जम पोख्रेबुङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको म्याच रेड हर्स इलाम बनाम मार्बिक स्पोर्टिङ सुखेबीच भएको थियो, जसमा मार्बिक स्पोर्टिङ क्लब सुखेले 1 गोलले विजय हासिल गर्न सफल भएको छ।

हिजो आइतवार उद्घाटन गरिएको उक्त गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो दिनको म्याच भोलि मंगलवार तरुजबारी सिलगढी र सुबोध फुटबल एकाडेमीबीच हुने आयोजक समितिका मुख्य संयोजक बिनोद राई र महासचिव राजेस तामाङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande