
दार्जिलिङ, 3 नोभेम्बर (हि.स.)। उत्तराखण्डको गुन्जीमा आयोजित आदि कैलाश परिक्रमा रनमा रिम्बिकका दुई धावकहरुले इतिहास रचेका छन्। उक्त कैलाश रोड रनको 60 किलोमिटरको दौडमा रिम्बिकका धावक हेमन्त लिम्बूले तेस्रो अनि सोमबहादुर थामीले पाँचौं स्थान प्राप्त गरेका छन्।
धावक हेमन्त लिम्बूले 15 हजार फिटको उचाईमा आयोजित यो 60 किलोमिटरको दूरी केवल 5 घण्टा 4 मिनटमा पूरा गरे। यसका साथै धावक सोम बहादुर थामीले यो दौड 5 घण्टा 33 मिनटमा समाप्त गरेका हुन्।
उल्लेखनीय छ, यी दुई धावक रिम्बिक ट्रेल रनर्स क्लबका धावकहरु हुन्। यससँगै उनीहरूले क्षेत्रीय लगायत राष्ट्रिय अनि अन्तरराष्ट्रिय ट्रेल रनहरुमा पनि उत्कृष्ट प्रदर्शन गरेर आफ्नो गाउँ समाज, क्षेत्र, जाति अनि देशलाई नै गौरवान्वित तुल्याएका छन्।
यस कैलाश परिक्रमा रनमा पहिलो, दोस्रो अनि तेस्रो हुनेलाई पारितोषिक स्वरूप एकमुष्ठमा मोठ चार लाख पचास हजारको चेक प्रदान गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक