
नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। इजराइलका विदेश मन्त्री गिदोन साआर हालमा भारत यात्रामा छन्। आज उनले विदेश मन्त्री डा. एस जयशंकरसित प्रतिनिधिमण्डल स्तरको वार्ता गरे। दुवै नेताले आतङ्कवादलाई साझा चुनौतीको रूपमा स्वीकार गरे। विदेश मन्त्रीले गाजा शान्ति योजनाप्रति भारतको समर्थनलाई दोहोऱ्याए र आगामी साल फरवरीमा भारतमा हुने एआई इम्पेक्ट समिटको उल्लेख गर्दै भने, इजराइलको उपस्थितिको आतुरताले प्रतिक्षा गरिरहेका छौं।
इजराइलका विदेश मन्त्रीको यो पहिलो भारत यात्रा हो। विदेश मन्त्रीले उनको साथ वार्तामा आफ्नो शुरूआती वक्तव्यमा भऩे, भारत र इजराइलबीच एक रणनीतिक साझेदारी छ र हामीले उच्च स्तरको विश्वास र विश्वसनीयताको साथ एक सम्बन्ध बनाएका छौं। दुवै राष्ट्रले आतङ्कवादको एक विशेष चुनौतीको सामना गरिरहेका छऩ्। यसैले हामीले आतङ्कवादका सबै रूपहरू र अभिव्यक्तिहरूप्रति शून्य-सहिष्णुताको वैश्विक दृष्टिकोणलाई सुनिश्चित गर्ने दिशामा गर्नु आवश्यक छ।
विदेश मन्त्री जयशंकले भारतले मध्यपूर्वको स्थितिमाथि नजिकबाट नजर राखिहेको बताए। उनले बन्धकहरू र दुर्भाग्यले ज्यान गुमाउनेहरूको पार्थिव अवशेष फर्किनुको स्वागत गरे। साथै दोहोऱ्याए कि भारत गाजा शान्ति योजनाको समर्थन गर्दछ र आशा गर्दछ कि यो एक स्थायी र सतत समाधानको मार्ग प्रशस्त गर्नेछ।
विदेश मन्त्रीले देशमा उपलब्ध निवेशका अवसरहरूको उल्लेख गरे औं भने, भारतले विशेष रूपमा रेल, सड़क र बन्दरगाह अवसंरचना, नवीकरणीय ऊर्जा र स्वास्थ्यको क्षेत्रमा नयाँ क्षमताहरू विकसित गरेको छ। हाम्रो व्यवसाय इज़राइलमा अवसरहरूको खोज गर्न धेरै उत्सुक छ र हामीले निश्चित रूपमा यसमाथि अधिक ध्यान दिनुपर्नेछ।
विदेश मन्त्री डा. एस जयशंकरको साथ बैठकमा इजराइलका विदेश मन्त्री गिदोन साआरले भऩे, मेरो भनाई छ, क्षेत्रीय साझेदारीको भविष्य उज्ज्वल छ। हामी दक्षिण एशिया, पश्चिम एशिया र यूरोपबीच सम्पर्कलाई बढ़ाउन चाहन्छौं। कट्टरपन्थी आतङ्कवाद इजराइल र भारतको निम्ति पारस्परिक खतरा हो। हामी पहलगाममा भएको भयानक आतङ्की हमलाको कड़ा निन्दा गर्दछौं। इजराइलले एक अनौठो स्थितिको सामना गरिरहेको छ, जसलाई म आतङ्कवादी राज्य भन्छु। गाजामा हमास, लेबनानमा हिजबुल्लाह र यमनमा हौथी जस्ता कट्टरपन्थी आतङ्कवादी राज्यहरूले पछिल्ला दशकहरूमा आफूलाई स्थापित गरेका छन्। हाम्रो क्षेत्रको सुरक्षा र स्थिरताको निम्ति उनीहरूलाई ध्वस्त पार्नु आवश्यक छ। हमास आतङ्कवादी राज्यको उन्मूलन राष्ट्रपति ट्रम्पको योजनाको केन्द्रमा छ। हमासलाई निरस्त्र गरिनुपर्छ, गाजालाई विसैन्यीकृत गरिनुपर्छ। हामी यसमा नै समझौता गर्नेछैनौं।
हिन्दुस्थान समाचार / भवानी थामी