विधानसभा उपाध्यक्षले लिङ्गमो रेन्ज अफिसको उद्घाटन गरिन्
विधानसभा उपाध्यक्षले लिङ्गमो रेन्ज अफिसको उद्घाटन गरिन्


नाम्ची, 4 नोभेम्बर (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले आज नाम्ची वन प्रभाग अन्तर्गत कोलथाङमा नवस्थापित लिङ्गमो रेन्ज अफिसको विधिवत उद्घाटन गरिन्। रेन्ज अफिसको स्थापनाले सामुदायिक सहभागिता मार्फत वन प्रशासनलाई सुदृढ पार्ने र पर्यावरण संरक्षणलाई प्रवर्द्धन गर्ने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ।

यस अवसरमा उपाध्यक्ष थापाले 20 जना लाभार्थीहरूलाई मेरो रुख मेरो सन्तति पहल अन्तर्गत सिक्किम शिशु समृद्धि योजनाको पासबुक पनि वितरण गरेको विधानसभा उपाध्यक्ष कार्यालयले जानकारी गराएको छ। यसपछि, उनले लिङ्गमो पीएचएससी भ्रमण गरिन् र उपलब्ध सुविधाहरूको बारेमा अधिकारीहरूसॅंग अन्तरक्रिया गरिन्। यसैगरी, उनले स्थानीय एभाकाडो खेतीको पनि भ्रमण गरिन्।

उपाध्यक्षको साथमा ओएसडी डेन्किला भोटिया, जिल्ला पञ्चायत र वन विभागका अधिकारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande