
गान्तोक, 07 नोभेम्बर (हि.स.)। सिक्किममा '35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025' हुने भएको छ। आगामी 9 नोभेम्बरदेखि 14 नोभेम्बर, 2025 सम्म आयोजना गरिने यस च्याम्पियनशिपमा देशका 22 राज्यहरूबाट लगभग 700 खेलाड़ीहरू सहभागी हुनेछन्। उक्त जानकारी सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनका अध्यक्ष अनिलराज राईले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
अध्यक्ष राईले राजधानीको पाल्जोर स्टेडियममा आगामी 9 नोभेम्बरदेखि पॉंच दिवसीय '35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025' आयोजना भइरहेको जानकारी गराए। उनले यस च्याम्पियनशिपको आधिकारिक रूपमा उद्घाटन 10 नोभेम्बर दिउॅंसो 3:30 बजी राज्यका खेल एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेतको उपस्थितिमा गरिने बताए।
सिक्किम राज्यले आफ्नो स्थापनाको 50औं वर्षगॉंठ पालन गरिरहेको अवसरमा आयोजना भइरहेको यस च्याम्पियनशिप अन्तर्गत विभिन्न वर्गका सर्वोत्कृष्ट खेलाड़ीहरूलाई नगद पुरस्कारको पनि प्रबन्ध गरिएको उनले बताए। अध्यक्ष राईले स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा सिक्किमले पनि प्रथमपल्ट नगद पुरस्कार प्रदान गर्न लागिरहेको पनि जानकारी गराए। उनले च्याम्पियनशिप अवधि एउटा समर्पित चिकित्सा टोलीलाई पनि तैनाथ गरिने बताए। यस अतिरिक्त, खेलाड़ीहरूलाई एचआईभी जॉंचको लागि प्रोत्साहित गरिने र कार्यक्रम स्थलमा जॉंचको व्यवस्था पनि गरिने उनले बताए।
सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनले युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने दिशामा काम गरिरहेको बताउॅंदै उनले यस आयोजनलाई सफल बनाउने सहयोग गर्ने सबै प्रायोजकहरूप्रति आभार प्रकट गरे।
संघका प्रमुख प्रशिक्षक एवं आइरन म्यानमा सिक्किमको नामले चर्चित पेमा भोटियाले यो एसोसिएशनल उनले 2013 देखि शुरू गरेको र यस खेलको माध्यमद्वारा हर उमेर वर्गका खेलाड़ीहरूले सिक्किमको नाम उज्जव बनाउने काम गरिरहेको बताए। उनले यस अघि 2019 मा पनि गेजिङमा राष्ट्रिय स्तरको स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप आयोजना गरिएको जानकारी गराए। उनले राज्य सरकारको सराहना गर्दै अहिले सबैले खुल्लारूपमा कार्यक्रमहरू आयोजना गर्न पाइरहेको छ भने।
भोटियाले राष्ट्रियस्तरको प्रतियोगिता सिक्किमै आयोजना भइरहेकाले यहॉंका धेरैभन्दा धेरै स्थानीय खेलाड़ीहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्य अध्यक्ष राईको रहेको बताए। उनले यस च्याम्पियनशिपमा सिक्किमबाट 150 खेलाड़ीहरूले भाग लिइरहेको अवगत गराउॅंदै राज्यका खेलाड़ीहरूबाट राम्रो प्रदर्शनको आशा व्यक्त गरे। उनले संघका अध्यक्षकै सोचका कारण यसपाली पहिलोपल्ट सिक्किमले रेकर्ड होल्डर खेलाड़ीहरूलाई नगद पुरस्कार प्रदन गर्ने निर्णय लिएको बताए।
हिन्दुस्थान समाचार / बिशाल