
नयाँ दिल्ली, 7 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता शुक्रवार छतरपुरस्थित कात्यायनी शक्ति पीठमा आयोजित सनातन हिन्दू एकता पदयात्रा- 2025 मा सम्मिलित भइन्। यस यात्रालाई “श्री बागेश्वर बालाजीको श्री बाँके बिहारीसित मिलन” नाम दिइएको छ।
मुख्यमन्त्रीले एक्स पोस्टमा यसलाई साझा गर्दै भनिन्, श्री बागेश्वर धाम पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीद्वारा आरम्भ गरिएको यो दिव्य पदयात्रा छतरपुरस्थित प्रसिद्ध कात्यायनी शक्ति पीठ मन्दिरबाट शुरू भएर वृन्दावनस्थित श्री बाँके बिहारी मन्दिरसम्म पुग्नेछ। यो यात्राले सनातन संस्कृतिको आत्मालाई पुनः जाग्रत गर्दै देशभरि नै एकता, श्रद्धा औ आध्यात्मिक चेतनाको सन्देश दिनेछ।
उनले भनिन्, यस आध्यात्मिक यात्राको माध्यमबाट हाम्रो आस्था र एकत्वको संस्कार पुनः पुष्ट भइरहेको छ। यसमा सामेल हुनु अत्यन्त अलौकिक र भावनात्मक अनुभव रह्यो। यस अवसरमा दिल्ली सरकारका मन्त्री कपिल मिश्रा सहित अनेकौं श्रद्धालुहरू उपस्थित थिए।
उल्लेखनीय छ, सनातन हिन्दू एकता पदयात्रा- 2025 छतरपुरदेखि आरम्भ भएर हरियाणाका विभिन्न शहर, गाउँ भएर उत्तर प्रदेशमा पुग्नेछ। दश दिवसीय यो यात्राको आगामी 16 नोभेम्बरमा वृन्दावनमा सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा