कोलकाता र सिलगढ़ीमा ईडीको छापा, बार-कम-रेस्तराँबाट संचालित मानव तस्करी अनि देह व्यापार ऱ्याकेटको भण्डाफोर
कोलकाता र सिलगढ़ीमा ईडीको छापा, बार-कम-रेस्तराँबाट संचालित मानव तस्करी अनि देह व्यापार ऱ्याकेटको भण्डाफोर


कोलकाता, 07 नोभेम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)-ले शुक्रवार पश्चिम बंगालको कोलकाता र सिलगढ़ीमा संगठित मानव तस्कर अनि देह व्यापार ऱ्याकेटविरूद्ध ठूलो कारबाही गर्दै आठ वटा ठेगानाहरूमा खोजी अभियान संचालन गऱ्यो। यो ऱ्याकेट मुख्य रूपमा बार-कम- रोस्तराँको माध्यमबाट संचालित भएको आरोप छ।

ईडीको कोलकाता जोनल यूनिटले बिहान बिधाननगर, कोलकाता र सिलगढ़ी क्षेत्रमा यो सर्च अपरेशन शुरू गऱ्यो। छापामारी ती आरोपी तथा संदिग्ध परिसरहरूमा गरियो जसमाथि यस अवैध नेटवर्क संचालन गरेको आशंका छ।

यो मामिला पश्चिम बंगाल पुलिसद्वारा विभिन्न आरोपीहरू क्रमैले जगजीत सिंह, अजमल सिद्दीकी, विष्णु मुंद्रा सहित अन्यविरूद्ध दर्ता एफआईआर अनि आरोप पत्रहरूमाथि आधारित छ। यो मामिला भारतीय दण्ड संहिता, आर्म्स एक्ट र अनैतिक व्यापार निवारण अधिनियम (आईटीपीए) अन्तर्गत दर्ता छ जुन मनी लण्ड्रिंग रोकथाम अधिनियम (पीएमएलए)- 2002 को अनुसूचित अपराधहरूमा सामेल छ।

अधिकारीहरू अनुसार आरोपी मानिसहरूले रोजगार दिने बहाना बनाएर कमजोर तथा आवश्यकतामा रहेका महिलाहरूलाई शोषण गर्थे अनि उनीहरूलाई देह व्यापारको लागि बाध्य बनाउँथे जसको माध्यमबाट प्रचुर मात्रामा अवैध धन अर्जित गरिन्थ्यो। यी पैसाहरूलाई नगदमा एकत्र गरेर जाली वा नियन्त्रित कम्पनीहरूको माध्यमबाट मनी लण्ड्रिंग गरिएको पनि प्रमाण भेटिएको छ। अधिकारीहरूको भनाइ छ, यो रकम कैयौं करोड़ रुपियाँसम्म पुग्छ।

ईडीको यस कारबाहीपछि सम्पूर्ण ऱ्याकेटको नेटवर्क तथा आर्थिक लेनदेनको व्यापक खुलासा हुने सम्भावना व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande