वन्दे मातरम् केवल एउटा गीत होइन, यो भारत माताको आत्मा हो: राज्यपाल
राज्यपाल


गान्तोक, 07 नोभेम्बर (हि.स.)। राजधानीको मनन केन्द्रमा आज राष्ट्रगीत 'वन्दे मातरम्' को 150औं वर्षको महोत्सव राज्यस्तरीय रूपमा मनाइयो। राष्ट्रव्यापी कार्यक्रमको एक भागको रूपमा आयोजित कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि थिए।

कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल सन्देश प्रसारणद्वारा गरिएको थियो। आफ्नो सन्देशमा प्रधानमन्त्रीले भने, 'वन्दे मातरम् मॉं भारतीको साधना र आराधना हो। यो त्यो गीत हो जुन 140 करोड़ भारतीयलाई एकताको उर्जाले जोड्दछ।' उनले सबै भारतवासीहरूलाई देशको एकता र अखण्डतालाई सर्वोपरि राख्न आह्वा पनि गरे।

कार्यक्रममा राज्यपाल माथुरले 'राष्ट्र की जय चेतना का, गान वंदे मातरम्', 'राष्ट्रभक्ति प्रेरणा का, गान वंदे मातरम्' को उद्घोष गरे, जसलाई उपस्थित जनसमूहले एक स्वरमा दोहोऱ्याए। यस अवसरमा मडर्न उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू र संस्कृति विभागका कलाकारहरूले 'वन्दे मातरम्' सामूहिक रूपमा गायन प्रस्तुत गरे। बिहान ठीक 9:50 बजी देशव्यापी रूपमा एकसाथ राष्ट्रगीत गाइयो, जसमा सिक्किमका गणमान्य अतिथिहरू पनि उभिएर भाग लिएका थिए।

राज्यपाल माथुरले आफ्नो सम्बोधनमा भने, 'वन्दे मातरम् केवल एउटा गीत होइन, यो भारत माताको आत्मा हो। यो स्वतन्त्रता संग्रामको चेतना र राष्ट्रको एकताको मन्त्र हो।' उनले यस गीतको ऐतिहासिक यात्रामाथि प्रकाश पार्दै सन् 1875 मा रवीन्द्रनाथ ठाकुरले पहिलोपल्ट यो गीत गाएको जानकारी गराए। उनले तबदेखि यो स्वतन्त्रता संग्रामका सेनानीहरूको लागि प्रेरणाको स्रोत बनेको र आज पनि देशभक्तिलाई जगाइरहेको बताए।

राज्यपालले सिक्किमका स्वतन्त्रता सेनानीहरू सन्दे पोख्रेल (त्रिलोचन पोख्रेल) र हेलेन लेप्चा (सावित्री देवी) प्रति श्रद्धाञ्जलि अर्पित गर्दै उनीहरूले असहयोग आन्दोलन र चारखा आन्दोलनमा सक्रियरूपमा भाग लिॅंदै वन्दे मातरमको भावनालाई आफ्नो जीवनमा उतारेको बताए। उनले वन्दे मातरमको 150औं वर्षलाई राष्ट्रियस्तरमा मनाउने केन्द्र सरकारको संकल्पको सराहना गरे र देशभक्तिको भावना जन-जनमा पुऱ्याउन सिक्किमका प्रत्येक विद्यालय र महाविद्यालयमा यस राष्ट्रगीतलाई अनिवार्यरूपमा गाउन आह्वान गरे।

यस अतिरिक्त, राज्यपालले उपस्थित जनसमूहलाई वन्दे मातरमको भावनालाई आफ्नो जीवनमा आत्मसात गर्न संकल्प पनि दिलाए। साथै, उनले भारतलाई समृद्ध, सशक्त र समावेशी राष्ट्र बनाउनमा योगदान दिने, विकसित भारत 2047 को सपनालाई सकार बनाउन तथा देशको एकता र अखण्डतालाई हर कार्यमा सर्वोपरि राख्ने शपथ पनि दिलाए।

कार्यक्रममा विधानसभाकी उपाध्यक्ष राजकुमारी थाना, मन्त्री जीटी ढुङ्गेल, मन्त्री साम्डुप लेप्चा, सांसद डा. इन्द्रहाङ सुब्बा, विधायकगण, विभागीय प्रमुखहरू र कर्मचारीहरू, विद्यार्थीहरू र जनसाधारण उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande