
सिलगढ़ी, 8 नोभेम्बर (हि.स)। भीषण आगलागीमा एउटा होटल जलेर स्वाहा भएको छ। यो घटना शनिवार भोर बिहान फूलबा़ड़ी बाइपास क्षेत्रमा भएो हो। प्राप्त जानकारी अनुसार भोर बिहान केही मानिसहरूले फूलबाड़ी बाइपासस्थित एउटा सानो होटलमा आगो बलिरहेको देखे। घटनाको खबर पाउनसाथ एनजेपी थानाको पुलिस र फूलबाड़ीबाट एउटा दमकलको इञ्जीन घटनास्थलमा पुग्यो। दमकलकर्मीहरूको प्रयासले आगोलाई नियन्त्रण गरिए पनि त्यसबेलासम्ममा आगोले सम्पूर्ण होटललाई खरानी बनाइसकेको थियो।
होटलकी मालिक्नी किरंती बर्मनले बताइन्, सदा जस्तै हिजो राती पनि होटल बन्द गरेर उनीहरू घरमा गएका थिए। बिहान उनलाई अचानक खबर दिइयो कि होटलमा आगो लागेको छ। यस आगलागीमा केही आवश्यक दस्तावेज सहित सबै सामानहरू जलेर खरानी भएको छ। किरंतीले बताइन्, लगभग 30 वर्षदेखिको यो सानो होटल चलाेर आफ्नो परिवार धान्दै आइरहेकी थिएँ। उनको पतिको मृत्यु भिसकेको छ। अब परिवार कसरी चलाउनु, बुझ्नै सकेकी छुइनँ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा