आईजीजेएफले गठन गऱ्यो जनशक्ति असंगठित कर्मचारी फ्रण्ट, डेविड राईलाई सुम्पियो जिम्मा
आईजीजेएफले गठन गऱ्यो जनशक्ति असंगठित कर्मचारी फ्रण्ट


दार्जिलिङ, 8 नोभेम्बर (हि.स.)। असंगठित कर्मचारीहरूलाई न्याय दिलाउन इण्डियन गोर्खा जनशक्ति फ्रण्टले जनशक्ति असंगठित कर्मचारी फ्रण्टको गठन गरेको छ। शहरको मालरोडस्थित इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय कार्यलय पीकोठीमा आज पार्टीको केन्द्रिय कार्यकारिणी समितिको सभा सम्पन्न भयो।

सभामा पहाडको वर्तमान राजनीति स्थितिसंगै असंगठित कर्मचारीहरूले भोग्न परिरहेका समस्याहरूलाई ध्यानमा राख्दै जनशक्ति असंगठित कर्मचारी फ्रण्टको गठन गरियो। आईजीजेएफको नवगठित भातृ संगठन जनशक्ति असंगठित कर्मचारी फ्रण्टको दायित्व केन्द्रिय कार्यकारिणीको सभाले डेविड राईलाई सुम्पेको छ।

असंगठित कर्मचारीहरूलाई डेविड राईले विगतका दिनहरूमा संगठन गठन गरेर न्याय दिलाउन धेरै कार्यहरू गरेको बताइएको छ। आज बसेको केन्द्रिय कार्यकारिणी समितिको सभाले नवगठित जनशक्ति असंगठित कर्मचारी फ्रण्टको कार्यालयको पनि व्यवस्था गदिदिएको छ। डेविड राईले चाँडै संगठन विस्तारको कार्यलाई तीब्र गति दिने बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande