मुख्यमन्त्रीले लालकृष्ण आडवाणीलाई दिए जन्मदिनको शुभकामना
मुख्यमन्त्रीले लालकृष्ण आडवाणीलाई दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 8 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारतीय राजनीतिका अग्रणी व्यक्तित्व औ भाजपाका वरिष्ठ नेता भारत रत्न लालकृष्ण आडवाणीलाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडियामा लेखे, आडवाणी हामी सबैका मार्गदर्शक र प्रेरणाश्रोत हुन्। उनले आफ्नो अथक परिश्रम एवं उत्कृष्ट संगठनात्मक कौशलले भारतीय जनता पार्टीलाई नयाँ उचाईँमा पुऱ्याए अनि कार्यकर्ताहरूलाई सदैव प्रेरित गर्दै आएका छन्। डा. सरमाले भने, पार्टीको स्थापनादेखि नै जनसेवाको माध्यामबाट सरकार गठनसम्म आडवाणीको योगदान अतुलनीय एवं अविस्मरणीय रहिआएको छ। मुख्यमन्त्रीले माँ कामाख्या र महापुरुष श्रीमन्त शंकरदेवसित आडवाणीको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande