कथित पुणे जमीन घोटालाकाण्डमा कसैलाई छोड़िनेछैनः देवेन्द्र फडणवीस
कथित पुणे जमीन घोटालाकाण्डमा कसैलाई छोड़िनेछैनः देवेन्द्र फडणवीस


मुम्बई, 08 नोभेम्बर (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शनिवार मुम्बईमा भने, पुणे जिल्लामा भएको कथित जमीन घोटालाको मामिलामा कसैलाई पनि छाड़िनेछैन। मामिलाको गहन अनुसन्धान भइरहेको छ। उनले भने, यस मामिलामा विपक्ष पार्थ पवारको नाम उल्लेख भइरहेको भए पनि एफआईआरमा उनको नाम दर्ता गरिएको छैन।

मुख्यमन्त्री फडणवीसले आज मुम्बईमा बताए, पुणे जमीन घोटाला अत्यन्तै गम्भीर मामिला हो।यस मामिलाको जाँच गरिँदैछ र चाँड़ै नै वास्तविकता जम जनतासामु छर्लङ्ग हुनेछ। विपक्षले यस मामिलामा उपमुख्यमन्त्री अजीत परावका छोरा पार्थ पवारको नाम लिरहेको छ, तर पार्थ पवारविरूद्ध एफआईआर दर्ता गरिएको छैन। यस सन्दर्भमा विपक्षले कुरा गर्नुपर्छ।

उपमुख्यमन्त्री अजीत पवारले आज भने, यस मामिलामा जमीन व्यवहार पूर्ण रूपले रद्द गरिएको भए पनि मुख्यमन्त्रीले मामिलाको अनुसन्धान गर्ने आदेश दिएको छ जसले गर्दा मामिलाको अनुसन्धान भइरहेको छ। पवारले भने, जाँच पश्चात दुधको दुध, पानीको पानी हुनेछ।

यसरी नै राकंपा एसपीका अध्यक्ष शरद पवारले आज परभणिमा भने, यस मामिलालाई लिएर मानिसहरूको मनमा शंका उत्पन्न भएको छ। त्यसैले सरकारले यस मामिलाको गहन अनुसन्धान गरेर वास्तविकता आम जनतालाई बताउनुपर्छ।

उल्लेखनीय छ, पुणेस्थित कोरेगाउँमा 1,800 करोड़ रुपियाँको सकारी जमीनको मूल्यांकन 300 करोड़ घटाएर अजीत पवारका छोराको कम्पनीलाई बेटियो। यस जमीनको मुद्रांक शुल्क मात्र ५०० रुपियाँ लिइयो भने मुद्रांक शुल्क 21 करोड़ रुपियाँ लिनुपर्थ्यो। यस मामिलामा मुख्यमन्त्रीले आदेश दिएपछि दुईजना अधिकारीहरूलाई निलम्बन गरिएको छ भने तीनजनाविरूद्ध मामिला दर्ता गरिएको छ। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande