
गुवाहाटी, 09 नोभेम्बर (हि.स.)। गुवाहाटीको लोखरा क्षेत्रमा एउटा द्रूत गतिको वाहनले एकजना वृद्ध महिलालाई ठोक्कर दियो जसले गर्दा वृद्धाको घटनास्थलमै मृत्यु भयो। पुलिसले आइतवार बतायो, गुवाहाटीको गरचुक क्षेत्रस्थित फ्लाइओभर नजिक लोखड़ादेखि जालुकबारी तर्फ गइरहेको एउटा तीव्र गतिको वाहनले धक्का दिँदा वृद्ध महिलाको घटनास्थलमै मृत्यु भयो।
घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृत महिलाको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। दुर्घटनापछि घटनास्थलबाट वाहनसितै चालक भाग्न सफल भयो। यो समाचार लेखुञ्जेलसम्म मृत महिलाको पहिचान हुन सकेको थिएन। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी दुर्घटनामा सामेल वाहनलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा