
श्रीनगर, 9 नोभेम्बर हि.स.। काउन्टर इन्टेलिजेन्स कश्मीर (सीआईके)-ले आइतवार आतंकवादी गुटहरूद्वारा सिम कार्डको दुरूपयोगलाई लिएर उपत्याकाका तीन वटा जिल्ला अधिनस्थ विभिन्न स्थानहरूमा खोजी अभियान संचालन गऱ्यो।
अधिकारीहरूले भने, सीआईकेले राष्ट्र-विरोधी तत्वहरूद्वारा सिम कार्डको दुरूपयोग गरेको सम्बन्धमा जाँच गर्ने क्रममा कुलगाम, कुंज़र (बारामूला) र शोपियाँमा खोजी गरिरहेको छ। उनले भने, सीआईकेका अधिकारीहरूले खोजी अभियान अवधि केही सिम कार्डहरू पनि जफत गरेका छन्। तर अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन। सीआईके जम्मू-कश्मीर पुलिस अन्तर्गत एक विशेष एकाई हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा