अनुपपुरःपहलगाम आतंकवादी हमलामा एघार जना मानिसहरूलाई बचाउने नजाकत अली सम्मानित
अनुपपुरःपहलगाम आतंकवादी हमलामा एघार जना मानिसहरूलाई बचाउने नजाकत अली सम्मानित


-कोतमामा नपा अध्यक्षद्वारा गरियो सम्मानित

अनुपपुर, 9 नोभेम्बर (हि.स.)। मध्य प्रदेशको अनूपपुर जिल्ला अधिनस्थ कोतमा नगरमा जम्मू-कश्मीरको पहलगाम बेसरान उपत्याकामा भएको आतंकवादी हमलामा चिरमिरी छत्तीसगढ़का एघारजना पर्यटकहरूको ज्यान बचाउने नजाकत अलीलाई गए शनिवार राति कोतमा नगर आगमनमा नपा अध्यक्षले सम्मान जनाए।

कोतमाका चूड़ा व्यापारी मन्सुर अहमदले बताए, तिनी दिल्लीदेखि कोतमा फर्किरहेका थिए, यसै ट्रेनमा नजाकतले पनि चिरमिरी जानको लागि यात्रा गरिरहेका थिए।

नजाकत अहमद शाहले बताए, उनको परिवार वर्षौंदेखिको न्यानो कपड़ा बेच्नको लागि यहाँ आउने गर्दछन्। चिरमिरीमा पनि उनी कपड़ाको व्यापार गर्नको लागि जाने गर्दछन्। चिरमीरी हाम्रो अर्को घर हो जसले गर्दा धेरै वटा परिवारहरूसित पारिवारिक सम्बन्ध गाँसिएको छ। त्यसैले जम्मू-कश्मीरमा घुम्न आएका यहाँका मानिसहरू क्रमैले कुलदीप स्थापक ,अरविन्द अग्रवाल, हैप्पी बधावान र शिवांश जैनका परिवारका 11 जना सदस्यहरूलाई बेसरन उपत्याका घुमाउनको लागि लगेका थियौं। यसै अवधि अचानक आतंकवादीहरूले गोली चलाउन शुरू गरे।

नजाकतले बताए, समय केही क्षण मात्र थियो, गोलीहरू बर्सिरहेका थिए, बाल-बालिका र महिलाहरू भयभित भएका थिए। त्यहाँ म नै उनीहरूको जानकार र सहारा थिएँ। त्यसैले अलिकति पनि ढिलो नगरी सबैलाई चट्टानमुनि ओट दिएर सुरक्षित बाटोबाट होटलसम्म लिएर आएँ। यस हमलामा नजाकतको मामाको छोराको पनि मृत्यु भएको थियो। तथापि उनले हिम्मत हारेनन्। आफूसित आएका मानिसहरूलाई सुरक्षित बचाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande