एसआईआर अभियानको गति तीव्रः पश्चिम बंगालमा पाँच दिनमा वितरण गरियो 4.17 करोड़भन्दा अधिक एन्युमरेशन फारम
एसआईआर अभियानको गति तीव्रः पश्चिम बंगालमा पाँच दिनमा वितरण गरियो 4.17 करोड़भन्दा अधिक एन्युमरेशन फारम


कोलकाता, 09 नवम्बर (हि.स.)। पश्चिम बंगालमा परिचालित विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानले गए शनिवार रातिसम्म नयाँ उपलब्धि दर्ता गरेको छ। राज्यका मुख्य निर्वाचन अधिकारी (सीईओ)-को कार्यालयद्वारा जारी ताजा आँकड़ा अनुसार गए शनिवार राति 8:00 बजीसम्ममा सम्पूर्ण राज्यमा 4.17 करोड़भन्दा अधिक एन्युमरेशन फारम घर-घरमा वितरण गरिसकिएको छ। यो आँकड़ा गत शुक्रवार रातिसम्ममा 3.04 करोड थियो भने एक दिनमा 1.13 करोड़ फारम वितरणले अभूतपूर्व वृद्धि दर्शाउँछ।

अधिकारीहरू मुताविक राज्यका सबै 294 वटा विधानसभा क्षेत्रहरूमा तैनाथ लगभग 80 हजार 681 बूथ स्तर अधिकारी (बीएलओ)-हरू मतदाताहरूको घर-घरमा पुगेर फारमको दुई प्रति वितरण गरिरहेका छन्। दुईमध्ये एउटा प्रति मतदाता समक्ष सुरक्षित राखिँदैछ भने दोस्रो निर्वाचन आयोगको अभिलेखको निम्ति जमा गरिनेछ।

मुख्य निर्वाचन अधिकारी कार्यालयले बतायो, पछिल्लो 24 घण्टामा वितरणको गतिमा तीव्र वृद्धि दर्ता गरिएको छ। अभियानको चौथो दिनसम्ममा 3.04 करोड़ फारम वितरण गरिएको थियो भने शनिवार राति यो आँकड़ा बढ़ेर 4.17 करोड़ पुगेको छ। आयोगको भनाइ छ, यो तीव्रता बीएलओ नेटवर्कको सक्रियता अनि स्थानीय प्रशासनको प्रभावकारी समन्वयको परिणाम हो।

अधिकारी अनुसार वर्ष 2002 पश्चात पहिलो पटक पश्चिम बंगालमा यस स्तरको व्यापक मतदाता सूची पुनरीक्षण गरिँदैछ। लगभग 23 वर्षपछि भइरहेको यस अभियानमा प्रत्येक विवरणको गहन जाँच अनि सत्यापन गरिँदैछ ताकि मतदाता सूचीलाई अद्यतन र त्रुटि मुक्त बनाउन सकियोस्।

यसबीच केही जिल्लाहरूबाट बीएलओ र राजनीतिक कार्यकर्ताहरूमाथि हमलाका छुटपुट घटनाहरू प्रकाशमा आएका छन्। निर्वाचन आयोगले यस घटनाहरूमा गम्भीर संज्ञान लिँदै सम्बन्धित जिल्ला प्रशासनसित तत्काल रिपोर्ट मागेकोछ। आयोगले स्पष्ट पारेको छ, कुनै पनि प्रकारको हिंसा वा बाधालाई सहन गरिनेछैन। यो पनि सुनिश्चित गरिनेछ कि प्रत्येक पात्र नागरिकसम्म प्रपत्र सुरक्षित रूपमा पुगोस्।

सूत्र अनुसार अभियानको पहिलो चरणमा लक्ष्य हासिल गर्नको लागि अतिरिक्त पर्यवेक्षकहरूलाई पनि तैनाथ गरिँदैछ। एसआईआर अभियान आगामी 9दिसम्बरसम्म जारी रहनेछ। त्यसपछि प्राप्त आँकड़ाको सत्यापन गरी अन्तिम मतदाता सूची जनवरी, 2026-मा प्रकाशित गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande