
दार्जीलिङ, 10 दिसम्बर (हि. स.)। दार्जीलिङ घुम्न आउनेहरूको लागि प्रख्यात ग्लेनरेज बारलाई गए मंगलवार दार्जीलिङ जिल्ला प्रशासनले सील गरिदिएका छन्।
प्रशासनको भनाइ छ, बारमा केही नियमहरूको उल्लंघन भइरहेको थियो जसमा बिना अनुमति संगीत बजाउनु, ढाँचागत कमी-कमजोरी तथा अन्य अनियमितताहरू सामेल छन्। यसै आधारमा बारको लाइसेन्स तीन महिनाको लागि रद्द गरिएको छ। यस कारबाहीलाई लिएर पहाड़मा राजनीतिक विवाद गर्मिएको छ।
ग्लेनरेज़का मालिक औ इण्डियन गोर्खा जनशक्ति फ्रण्टका नेता अजय एडवर्ड्सको आरोप छ, यो कारबाही राजनीतिक प्रतिशोधको भावनाले गरिएको हो। उनको भनाइ छ, उनले हालैमा तुङसुङ नदीमा “गोर्खाल्याण्ड ब्रिज” बनाएर त्यसको उद्घाटन गरेका थिए। उद्घाटन भएको 48 घण्टाभित्रै उनको बारमाथि कारबाही भयो जुन राजनीतिक प्रतिशोधको भावना हो।
मालिक अजयको दाबी छ, यो गोर्खाहरूको भावनालाई दबाउने चेष्टा हो। अर्कोतिर प्रशासनको भनाइ छ, कारबाही नियमहरू उल्लंघन गरेको कारण मात्र गरिएको हो। घटनापछि दार्जीलिङको राजनीति तापमान धेरै बढ़ेको छ। स्थानीय मानिसहरूमाझ यस घटनालाई लिएर चर्चा चुलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा