मोरीगाउँ पुलिसले लाहोरीहाटबाट तीन जना साइबर अपराधीहरूलाई गऱ्यो पक्राउ
मोरीगाउँ पुलिसले लाहोरीहाटबाट तीन जना साइबर अपराधीहरूलाई गऱ्यो पक्राउ


मोरीगाउँ (असम), 10 दिसम्बर (हि.स.)। असमको मोरीगाउँ पुलिसलाई ठूलो सफलता हात लागेको छ। अतिरिक्त पुलिस अधीक्षक समिरन बैश्यको नेतृत्वमा लाहोरीघाट क्षेत्रमा गए अबेर राती संचालित अभियानमा तीन जना कथित साइबर अपराधीहरूलाई पक्राउ गरियो।

पक्रा पर्ने आरोपीहरूको पहिचान हमजा, कमाल उद्दीन र जहाँगीर आलमको रूपमा भएको छ। पुलिसले उनीहरूको कब्जाबाट साइबर अपराधमा प्रयोग गरिएको केही दस्तावेज, मोबाइल फोन र अन्य आपत्तिजनक सामग्रीहरू जफत गरेको छ। साथै पुलिसले आरोपीहरूबाट लगभग एक कड़ोर रुपियाँ नगद पनि जफत गरेको छ।

जाँचमा थाहा लागे अनुसार आरोपीहरूले आदित्य बिड़ला कम्पनीबाट लगभग 15 लाख रुपियाँगो ठगी गरेका थिए। यस अतिरिक्त तीनैमाथि लगभग 50 कड़ोर रुपियाँको साइबर ठगीमा सामेल रहेको आशंका छ।

मोरीगाउँ पुलिस अनुसार पछिल्लो तीन वर्षमा जिल्लाबाट 302 जना साइबर अपराधीहरूलाई पक्राउ गरिसकिएको छ जुन डिजीटल धोकाधड़ी विरूद्ध उनीहरूको कड़ा कारबाहीको एक भाग हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande