
कोलकाता, 10 दिसम्बर (हि.स.)। पश्चिम बंगालको नदिया जिल्लामा राष्ट्रिय राजमार्ग-12 को किनारमा मतदाता पहिचान पत्र (ईपीआईसी)-ले भरिएको एउटा बोरा भेटिएको घटनापछि खैलाबैला शुरू भएको छ। बुधवार यो घटना त्यसबेला सामू आयो जतिबेला स्थानीय मानिसहरूले शान्तिकुल क्षेत्रमा मैला-कुचैलाको थुप्रोमा बोरालाई देखे। त्यसपछि घटनाको सूचना पुलिसलाई दिइयो।
सूचना पाएर पुलिस दल घटनास्थलमा पुग्यो अनि मतदाता पहिचान पत्रले भरिएको बोरालाई थानामा लिएर गयो जसको जाँच शुरू गरिएको छ। एक जना अधिकारीले बताए, मतदाता कार्डहरूको सत्यापन प्रक्रिया भइरहेको छ र मामिलाको जाँच जारी छ।
यस घटनालाई लिएर राजनीतिक विवाद पनि शुरू भएको छ। शान्तिपुर पञ्चायत समितिका एक जना सदस्य तथा स्थानीय तृणमूल कंग्रेस नेताले आरोप लगाए, अन्य जिल्लाबाट आएका भाजपा कार्यकर्ताहरूले सुनियोजित ढंगमा यी कार्डहरूलाई यहाँ फालेका हुन्।
अर्कोतिर भाजपाले उक्त आरोपलाई अस्वीकार गरेको छ। भाजपा नेताले भने, कार्डहरू भेटिएको क्षेत्र टीएमसी संचालित पञ्चायत अन्तर्गत पर्दछ। यी त्यहीँ कार्डहरू हुन् जसको उपयोग नक्कली मतदानको लागि गरिन्छ।
उल्लेखनीय छ, पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- को प्रक्रिया 4 नोभेम्बरदेखि शुरू भएको थियो भने 11 दिसम्बरसम्म घर-घरमा पुगेर नामांकन फारम वितरण गर्ने कार्य जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा