
सुरेन्द्रनगर, ११ दिसम्बर (हि.स.)। गुजरातको सुरेन्द्रनगर जिल्लामा पर्ने पाटडी तालुकाको नवियाणी गाउँ नजिक मंगलबार साँझ भएको भीषण दुर्घटनामा मोटरसाइकलमा सवार तीन युवाको घटनास्थलमै मृत्यु भएको छ।
जानकारीअनुसार, नवियाणी गाउँ नजिक तीव्र गतिमा आएको अज्ञात सवारीसाधनले मोटरसाइकललाई अगाड़ीबाट ठक्कर दिएको थियो। ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि चालक सवारीसाधन सहित फरार भएको बताइएको छ। स्थानीयले तुरुन्तै पुलिसले र एम्बुलेन्सलाई खबर गरे।
जानकारी अनुसार, मृतकमध्ये दुई दिजु भाइसहित तीनै जना युवक आज बिहान एरवाडा गाउँबाट बेचाराजीमा नयाँ रोजगारीका लागि निस्किएका थिए। दुई भाइको आजै नयाँ नोखरीको पहिलो दिन थियो। तर, नवियाणी नजिक अज्ञात सवारीको ठक्करले तिनै जनाको मृत्यु भयो। पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको छ।
दसाडाका पीआई वी.जे. मालवीयका अनुसार, एउटै मोटरसाइकलमा सवार तीन युवाको मृत्यु भएको हो र प्रारम्भिक जानकारीअनुसार अज्ञात ट्रेलरले मोटरसाइकललाई ठक्कर दिएको आशंका छ। तीनै जना मृतक एरवाडा गाउँका बासिन्दा हुन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी