
गान्तोक, 11 दिसम्बर (हि.स.)। सूक्ष्म, लघु एवं मध्यम उद्यम-विकास एवं सुगमीकरण कार्यालय (एमएसएमई-डीएफओ), गान्तोकले पीएम विश्वकर्मा योजना अन्तर्गत पञ्जिकृत लाभार्थीहरूका लागि गान्तोकको एमजी मार्गमा 12 देखि 14 दिसम्बरसम्म “सिक्किमको कला एवं परम्पराका रङ्गहरू” विषयमाथि तीनदिने पीएम विश्वकर्मा मेला – प्रदर्शनी एवं व्यापार मेला आयोजित गर्नेछ। उक्त जानकारी पीआईबीले दिएको छ।
कौशल, प्रतिस्पर्धिता, उत्पादको गुणस्तर अनि बजारसम्मको पहुँच बढाउनका सातै राष्ट्रको समृद्ध हस्तशिल्प विरासको संरक्षण गर्दै यो कार्यक्रम पुस्तैनी शिल्पकलामा संलग्न पारम्परिक शिल्पी तथा शिल्पकारहरूलाई सहयोग गर्न लक्षित छ। पीएम विश्वकर्मा मेलाले सिक्किमका शिल्पीहरूलाई आफ्नो विशिष्ट शिल्पकला प्रदर्शित गर्दै बजारसम्मको सम्पर्क व्यवस्था सुदृढ बनाउनका अतिरिक्त व्यापक आर्थिक अवसरको खोज गर्न बहुमूल्य मञ्च प्रदान गर्नेछ।
कार्यक्रमले पीएम विश्वकर्मा योजनाका लाभार्थीहरूलाई एक साथ ल्याउनका साथै खरिददार अनि अन्य हिधारकसँग तालमेल बनाउँदै सहकार्यको निम्ति अवसर प्रदान गर्नेछ। कार्यक्रममा सिक्किमको समृद्ध सांस्कृतिक विरासत प्रदर्शित गर्नका साथै राज्यको पारम्परिक शिल्पकलालाई पनि प्रकाशमा ल्याउनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल