डीयूमा छात्रा उत्पीड़नको मामिलामा अभाविपले गऱ्यो निष्पक्ष जाँचको माग
डीयूमा छात्रा उत्पीड़नको मामिलामा अभाविपले गऱ्यो निष्पक्ष जाँचको माग


नयाँ दिल्ली, 13 दिसम्बर (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (अभाविप)-ले हालैमा दिल्ली विश्वविद्यालयकीक एकजना छात्राद्वारा सोशल मीडियामा पोस्ट गरिएको भीडियोलाई गम्भीर रूपमा लिँदै शनिवार तत्काल जाँच गर्ने माग गऱ्यो। अभाविपले भन्यो, यस सम्पूर्ण प्रकरमको निष्पक्ष, पारदर्शी तथा स्वतन्त्र जाँच सुनिश्चित गरियोस् ताकि सत्य प्रकाशमा आउन सकोस्।

अभाविप दिल्लीका प्रान्त मन्त्री सार्थक शर्माले भने, अभाविप दिल्ली विश्वविद्यालयको प्रत्येक विद्यार्थीको सम्मान, सुरक्षा एवं हितहरूको लागि प्रतिबद्ध छ। अभाविपले दिल्ली विश्वविद्यालय प्रशासनसित यो माग गर्दछ कि उसले यस मामिलामा सम्बन्धित अधिकारीहरूसित भेट गरेर निष्पक्ष तथा पारदर्शी जाँच गराओस् ताकि वास्तविक कुरा थाहा पाउन सकियोस् साथै विश्वविद्यालयमाथि विद्यार्थी तथा अभिभावकहरूको भरोसा कायम रहोस्।

उनले भने, अभाविपको मान्यता छ कि यस्तो जाँचबाट भविष्यमा यसप्रकारका घटनाहरूलाई रोक्न सकियोस् अनि विश्वविद्यालय परिसरमा सुरक्षित तथा अनुकूल शैक्षणिक माहोल बनिरहोस्। विद्यार्थी परिषद छात्रहित, न्याय, संविधानका मूल्य औ संस्थानको गरिमाप्रति पूर्णरूपले प्रतिबद्ध छ साथै यस मामिलाको पक्षपात नगरी उचित एवं विधिसम्मत समाधान गर्ने माग गर्दछ।

सार्थक शर्माले भने, अभाविपले यो पनि रेखांकित गर्दछ कि पछिल्लो समयदेखि घट्दै आइरहेको यस्ता प्रकरणहरूले लगातार दिल्ली विश्वविद्यालयको प्रतिष्ठामाथि प्रश्न उठाइरहेको छ। यस्ता प्रकरणहरू बारम्बार हुनुले विश्वविद्यालको छविलाई मात्र प्रभावित नपारेर विद्यार्थी अनि अभिभावकहरूको मनमा पनि असुरक्षा र अविश्वासको भावना उत्पन्न गर्दछ। त्यसैले विश्वविद्यालय प्रशासनले प्रत्येक मामिलामा गम्भीरता, संवेदनशीलता तथा संस्थागत जिम्मेवारीको साथमा कार्य गर्न आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande