सिलगढ़ीमा प्रेमीमाथि चक्कुले हमला, प्रेमिका पक्राउ
सिलगढ़ीमा प्रेमीमाथि चक्कुले हमला, प्रेमिका पक्राउ


सिलगढ़ी, 13 दिसम्बर (हि.स.)। शनिवार लागूऔषधको पैसाको विवादपछि एक प्रेमिकाले आफ्नो प्रेमीलाई चक्कु प्रहार गरेको घटना अघि आएको छ। प्रधान नगर पुलिस चौकी क्षेत्रको देवीडाङ्गा क्षेत्रमा यो घटना घटेको हो। पुलिस सूत्रहरू अनुसार, आरोपी महिला प्रतिमा गुरुङले नशाको निम्ति पैसाको माग र शारीरिक हिंसाबाट दिक्क भएर आफ्नो प्रेमी मनोज श्रीवास्तवमाथि भान्साको चक्कु प्रहार गरेकी थिइन्, जसबाट उ गम्भीर रूपमा घाइते भयो।

सूचना पाउनसाथ प्रधान नगर थाना पुलिस घटनास्थलमा पुग्यो र घाइते मनोजलाई उपचारको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो, जहाँ उसको उपचार भइरहेको छ। पुलिसले आरोपी महिला प्रतिमा गुरूङलाई पक्राउ गरेको छ। पुलिस अनुसार, दुवैबीच प्रेम सम्बन्ध थियो तर मनोजको नशाको लतको कारण सम्बन्धमा तनाउ बढ़ेको थियो। अहिले पुलिसले पूरा मामिलाको जाँच गरिरहेको छ र घाइते स्वस्थ भएपछि उसको बयान दर्ता गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande