मेसी इभेन्ट विवादः अर्जुन सिंहले लगाए सय कड़ोर घोटाला गरेको आरोप, ईडी जाँचको माग
मेसी इभेन्ट विवादः अर्जुन सिंहले लगाए सय कड़ोर घोटाला गरेको आरोप, ईडी जाँचको माग


कोलकाता, 14 दिसम्बर (हि. स.)। युवाभारती क्रीड़ांगनमा भएको अव्यवस्था पश्चात अब पूर्व भाजपा सांसद अर्जुन सिंहले ठूलो आरोप लगाएका छन्। उनले दाबी गरेका छन्, मेसी इभेन्टमा लगभग सय कड़ोर रुपियाँ घोटाला भएको छ र यसको पछाड़ि कुनै ठूलो नाम लुकेको छ।

आइतवार अर्जुन सिंहले आरोप लगाउँदै भने, हिजो मैदानबाट आवाज उठेको थियो कि हामी मेसीलाई हेर्न आएका थियौं। म निश्चित रूपमा भन्नसक्छु कि स्टेडियम सायद पाँच रुपियाँ वा एक रुपियाँमा प्रतीकात्मक रूपमा बुक गरिएको होला। तर हामीलाई यसमाथि कुनै आपत्ति छैन। आपत्ति एउटा ठाउँमा छ जहाँ आम मानिसहरूलाई समस्या भयो। 10 रुपियाँको पाीको बोतल 150-200 रुपियाँमा बेचियो। मेसीलाई चोरी गरेर लगियो, यसैमाथि आपत्ति छ। लगभग 100 कड़ोर रुपियाँको व्यापार भएको छ।

अर्जुनले अझ भने, आम मानिसहरूले भनिरहेका थिए- जसलाई मैदानमा देखियो, उनलाई हेर्नका लागि 100 कड़ोर रुपियाँ खर्च गरियो। कड़ोरौं रुपियाँ घोटाला गरिएको छ। यसको लागि तुरून्तै ईडी जाँचको आवश्यकता छ। के सम्झौता भएको थियो, के सम्झौतामा नोक्सान भयो, यो बताउनुपर्छ।

उनले प्रश्न उठाए, डीजीलाई बीचमा प्रेस कन्फ्रेन्स छोड़ी किन उठ्नु पऱ्यो? डीजीले भावुक भएर भने, सबै बुझ्न सक्छन्। उनलाई बोलेको दुई मिनटभित्रमै प्रेस कन्फ्रेन्स छोड़ेर जानुपऱ्यो। बो

उल्लेखनीय छ, मेसीलाई हेर्नका लागि कसैले चार हजार रुपियाँ, कसैले आठ हजार रुपियाँ त कसैले दश हजार रुपियाँ दिएर टिकट किनेका थिए। तर अव्यवस्थाको कारणले उनीहरूले मेसीलाई देख्न सकेनन्। पुलिसदेखि लिएर आयोजकहरूविरूद्ध मानिसहरूले आक्रोश व्यक्त गरे। स्टेडियमको माहोल युद्ध मैदानमा परिणत भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande