
जम्मू, 14 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) जिल्ला जम्मू दक्षिणका मीडिया सचिव रोहिन चन्दनले भारतलाई बदल्ने अनि देशलाई आगामी वर्ष 2047सम्ममा विकसित भारतको महत्वाकांक्षी लक्ष्य तर्फ दोऱ्याउनमा मीडियाको अपरिहार्य भूमिकालाई रेखांकित गरेका छन्। मीडियाको योगदानको एक सशक्त पुष्टिमा चन्दनले सकारात्मक परिवर्तनलाई प्रोत्साहित गर्ने तथा सार्वजनिक जागरूकताको निर्माणमा आफ्नो सक्रिय सहभागितामाथि प्रकाश पारे।
एक प्रेस नोट जारी गर्दै चन्दनले भने, मीडिया मूकदर्शन बन्नदेखि धेरै टाड़ा छ। यसको सट्टा यसले राष्ट्रिय विमर्शलाई आकार दिने जनमतलाई प्रभावित बनाउने अनि सामाजिक प्रगतिलाई अगाड़ि बढ़ाउनमा एक गतिसील शक्तिको रूपमा कार्य गर्दछ। उनले बल दिँदै भने, मीडियाले महत्वपूर्ण मुद्दा, सरकारी नीति औ विकासात्मक पहलहरूको बारेमा नागिकहरूमाझ जागरूकता पैदा गर्नमा प्रमुख भूमिका निभाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा