चराईदेवमा ओएनजीसी पाइपलाइन फाटेर काँचो तेल र ग्यासको चुहावट
चराईदेवमा ओएनजीसी पाइपलाइन फाटेर काँचो तेल र ग्यासको चुहावट


चराईदेव (असम), 14 दिसम्बर (हि.स.)। चराईदेव जिल्लाको पटसांको लाइप्लेंग क्षेत्रमा आइतवार त्यसबेला सम्पूर्ण क्षेत्रमा भागाभाग मचियो जतिबेला ओयल एण्ड नेचुरल ग्यास कर्पोरेशन (ओएनजीसी)-को एउटा पाइपलाइन अचानक फाटेको जानकारी प्राप्त भयो। पाइपलाइन फाटेपछि काँचो तेल र ग्यासको व्यापक रूपमा चुहिरहेको छ।

यो घटना लाइप्लेंगस्थित एलपी-1 म्यानिफोल्ड क्षेत्रमा भएको हो जहाँ पाइपलाइन क्षतिग्रस्त भएपछि तेल अनि ग्यास चुहिन थाल्यो। अचानक भएको यस दुर्घटनाको कारणले क्षेत्रमा भय फैलिएको छ। घटनाको जानकारी पाउनसाथ स्थानीय मानिसहरू भयभित भए। अर्कोतिर कारणवश आगलागी भयो भने पर्यावरणलाई व्यापक नोक्सान पुग्ने आशंका व्यक्त गरिँदैछ।

सूचना पाएर ओएनजीसीका अधिकारीहरू घटनास्थलमा पुगे अनि चुहावटलाई नियन्त्रण गर्नको लागि आवश्यक कदम उठाए। हाल स्थितिमाथि नजर राखिँदैछ साथै नोक्सानको मूल्यांकन सहित अग्रिम कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande