
पश्चिम मेदिनीपुर, 14 दिसम्बर (हि. स.)। जिल्लामा ग्रामीण सड़कहरूको विकासको निम्ति राज्य सरकारले पथश्री योजना अन्तर्गत ठूलो राशि आवन्टन गरिएको छ। जिल्लाका सबै 21 वटै ब्लकहरूको लागि 12 कड़ोर रुपियाँ जारी गरिएको छ जसलाई ब्लकगत वितरण गरिनेछ।
सूत्र अनुसार यस राशिबाट पिंगला ब्लकलाई 2 कड़ोर रुपियाँ, संबग ब्लकलाई 1 कड़ोर 99 लाख रुपियाँ तथा नारायगढ़ ब्लकलाई 1 कड़ोर 60 लाख रुपियाँ आवन्टन गरिएको छ। यी सबै राशि पश्चिम मेदिनीपुर जिल्ला परिषदद्वारा जारी गरिएको हो।
भनिन्छ, पिंगला विधानसभा क्षेत्र पश्चिम मेदिनीपुर जिल्ला परिषदका सह-सभापति औ पिंगलाका विधायक अजित माइतीको क्षेत्र हो भने सबंग विधानसभा क्षेत्र राज्यका मन्त्री औ सबंगका विधायक मानस रञ्जन भुइँयाको निर्वाचन क्षेत्र हो। यस अतिरिक्त नारायणगढ़ ब्लक पश्चिम मेदिनीपुर जिल्ला परिद की सभाधिपति प्रतिभा रानीको गृह क्षेत्रमा पर्छ।
जिल्ला परिषद सूत्र मुताविक पथश्री–रास्ताश्री योजना अन्तर्गत जिल्लाका रहल ब्लकहरूलाई पनि यसरी नै विकास कार्यको लागि राशि दिइएको छ। अन्य ब्लकहरूको सूची शीघ्र जारी गर्ने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा