रील बनाउँदै गर्दा गंगा नदीमा डुब्यो युवक, खोजी जारी
रील बनाउँदै गर्दा गंगा नदीमा डुब्यो युवक, खोजी जारी


भागलपुर, 14 दिसम्बर (हि.स.)। जिल्लाको जोगसर थाना अन्तर्गत मानिकसरकार गंगा घाटमा आइतवार रील बनाउँदै गर्दा एकजना युवक गंगा नडीमा डुबे। घटनाको कारण क्षेत्रमा कोकोहोलो मचियो। भनिन्छ, युवकले घाटमा मोबाइलबाट भीडियो बनाइरहेको थियो अचानक उसको खुट्टा चिप्लिएर नदीको गहिरो पानीभित्र पस्यो। युवकलाई डुबेको देखेर वरपरका मानिसहरूले खैलाबैला गरे। स्थानीय मानिसहरूले तत्कालै युवकलाई बचाउने चेष्टा गरे।

यस अवधि स्थानीय रणजीत सोलंकीले साहस देखाउँदै युवकलाई खोज्नको लागि गंगामा पसे, तर उनको प्रयास असफल भयो। सूचना पाएर जोगसर थाना पुलिस घटनास्थलमा पुग्यो अनि घटनाको जानकारी वरिष्ठ अधिकारीलाई दिए। त्यसपछि एसडीआरएफको टीमलाई घटनास्थलमा बोलाइयो जसले गंगामा युवकलाई खोज्न खोजी अभियान संचालन गरिरहेको छ। हाल युवकको पहिचान खोलिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande