जोनाईमा भयानक सड़क दुर्घटना, दुई युवकको मृत्यु
जोनाईमा भयानक सड़क दुर्घटना, दुई युवकको मृत्यु


लखिमपुर (असम), 14 दिसम्बर (हि.स.)। जोनाईमा भएको एक भीषण सड़क दुर्घटनामा दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो। पुलिस प्रवक्ताले आइवार बताए, यो दुर्घटना एउटा मारूति वाहन र ट्र्याक्टर आपस्तमा ठोक्किएर भएको हो।

प्रत्यक्षदर्शीहरू अनुसार द्रूत गतिको मारूति कार विपरीत दिशाबाट आइरहेको ट्र्याक्टरसित ठोक्कियो जसबाट वाहन पूर्ण रूपमा क्षतिग्रस्त भयो। ठक्कर भयानक भएको कारणले कार सवार दुवै युवक गम्भीर रूपमा घाइते भए जसलाई तत्कालै नजिकैको अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। मृतकहरूको पहिचान अचिन पेगू र सुशील दोलैको रूपमा गरिएको छ।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर जाँच शुरू गऱ्यो। दुर्घटनाको कारण पत्तो लगाउन पुलिसले अग्रिम जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande