
जौनपुर, 14 दिसम्बर (हि.स.)। उत्तर प्रदेशमा जौनपुर जिल्लाको कोतवाली क्षेत्रबाट बालिकालाई अपहरण गरेर लैजाने बाबाको भेषमा आएका दुईजना युवकहरूलाई भीड़ले समातेर कुट्यो। यस मामिलाको जानकारी पाएर घटनास्थलमा पुगेको पुलिसले बाबा र कुटपिट गर्ने चारजना युवकहरूलाई पक्राउ गऱ्यो।
अप्पर पुलिस अधीक्षक (शहर) आयुश श्रीवास्तवले आइतवार बताए, यो मामिला गए शनिवार साँझ भएको हो। बाबाको भेषमा आएका दुईजना युवकहरू क्रमैले हरदोई निवासी विवेक महावत (25) रमरित महावत (32)-ले पोलीटेक्निक चौरस्ता क्षेत्र निवासी बालिका मानसी सोनकर (8)-लाई अपहरण गरेर लैजाने प्रयास गरे। यस अवधि भीड़ले उनीहरूलाई कुट्न शुरू गऱ्यो।
सूचना पाएर घटनास्थलमा पुगेको चौकी सरायपोख्ता पुलिसले तुरून्तै कारबाही गर्दै बाबा भेषमा आएका दुवै युवकलाई समात्यो। यस अवधि पुलिसले ती चारजना युवकहरूलाई पनि पक्राउ गऱ्यो जसले यी दुई युवकहरूलाई कुटेका थिए। एएसपीले बताए, पुलिसले बाबाको भेषमा आएका दुईजना युवकलाई थाना कोतवालीमा ल्याएको छ। साथै ती चारजनाविरूद्ध सुसंगत धाराहरूमा अभियोग प़ञ्जीकृत गरी अग्रिम कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा