
आसनसोल, 14 दिसम्बर (हि. स.)। जिल्लाका विभिन्न पिकनिक स्पटमा पर्यटकहरूको भीड़ देखिन थालेको छ। पश्चिम बर्दवान जिल्लामा सबैभन्दा रमणीय तथा महत्वपूर्ण पिकनिक स्पट म्याथन ड्याम पनि पर्यटकहरूको मनपर्दो स्थानहरूमध्ये एक हो। म्याथन ड्यामको थर्ड डाइक, फायरिंग रेञ्ज, सीताबाड़ी र सुलेमान पार्कलाई पिकनिकको लागि सबैभन्दा लोकप्रिय स्थानहरूमा गन्ती गरिन्छ। दिसम्बर महिना शुरू हुनसाथ मानिसहरू परिवार अनि साथीहरूसित वनभोज मनाउन यहाँ आइपुग्छन्।
उल्लेखनीय छ, पिकनिक सीजन शुरू हुनसाथ बंगाल तथा झारखण्डबाट ठूलो संख्यामा पर्यटकहरू म्याथनमा पुग्छन्। शीतकालमा म्याथन जलाशयको प्राकृतिक सुन्दरता, चिसो हावा, तथा हरियालीले पर्यटकहरूलाई आकर्षित गर्दछ। नौका विहार, खुल्ला मैदान तथा झील किनारमा बिताइएको समय मानिसहरूको लागि विशेष अनुभव हुन्छ। तर यसस वर्ष म्याथन ड्याम क्षेत्रमा प्रवेश शुल्क असुल गरिरहेको छ जसलाई लिएर पर्यटकहरूको विशेष असन्तुष्टि छ। पर्यटकहरूको भनाइ छ, प्रवेश शुल्क त नियमित रूपमा असुलिरहेको छ। शुल्कको रूपमा ठूलो बस 250 रुपियाँ, मिनी बस 200 रुपियाँ, चार चक्के वाहन 150 रुपियाँ, अटो/ टोटो 50 रुपियाँ, पिकनिक स्थलको सफाईको नाममा 50-100 रुपियाँ अतिरिक्त असुलिरहेको छ।
सबैभन्दा ठूलो प्रश्न के छ भने म्याथन सड़क भएर गुज्रिँदा पनि प्रवेश शुल्क असुलिरहेको छ त्यो पिकनिकको लागि आएको होस् कि नहोस्।
पर्यटकहरूको भनाइ छ, यदि प्रवेश शुल्क लिइँदैछ भने सट्टामा सुविधा पनि पाउनुपर्छ। पिकनिक मनाउने बाटो भएर गुज्रिँदा मात्र पनि शुल्क लिनु अन्यायपूर्ण र अव्यवहारिक छ। प्रवेश शुल्क असुल गरेको सट्टामा व्यवस्था पनि केही छैन। पिउने पानीको कुनै उचित व्यवस्था छैन। शौचालयहरूको संख्या धेरै कम छ।साँझ पर्दा प्रकाशको उचितको व्यवस्था छैन। पिकनिक स्थलको वरिपरी फोहोर उत्तिकै छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा