
आसनसोल, 14 दिसम्बर (हि. स.)। अल इण्डिया पोस्टल एम्पलाइज यूनियन ग्रुप सीद्वारा आइतवार रानीगञ्जको सीएमएसआई भवनमा जनरल बडी मीटिंग आयोजना गरियो। यस सम्बन्धमा प6कारहरूलाई जानकारी गराउँदै संगठनको पश्चिम बंगाल सर्किलका उपाध्यक्ष शान्तनु मुखर्जीले भने, केन्द्र सरकारका विभिन्न नीतिहरूविरूद्ध संगठनको पक्षबाट कार्यक्रम आयोजना गरिएको हो।
उनले भने, यो सभा अल इण्डिया पोस्टल इम्प्लोइज यूनियन ग्रुप सी आसनसोल डिभीजनको पक्षबाट आयोजना गरिएको हो। आसनसोल डिभीजनको अर्थ आसनसोल दुर्गापुर र रानीगञ्जबाट संगठनका प्रतिनिधिहरू यहाँका आएका छन्। विभिन्न मुद्दाहरूमा चर्चा गरिँदैछ। उनले भने, केन्द्र सरकारले सुनियोजित ढंगमा डाक विभागलाई समाप्त गर्ने षड़यन्त्र रचिरहेको छ। सरकारले रजिस्ट्रीलाई हटाइदिएको र स्पीड पोस्टको माध्यमबाट काम गराइरहेको छ जसबाट मानिसहरूको खर्च बढ़ेको छ।
शान्तनु मुखर्जीले भने, कर्मचारीहरूमाथि अनावश्यक कामको दबाव बढ़ेको छ। डाक विभागमा आउटसोर्सिंगको प्रयासको विरोध गर्दै उनले भने, यस कार्यक्रममा लगभग 150 सदस्यहरू उपस्थित भएका छन्। यीमध्ये हरेक सदस्यको भनाइ यही छ कि यदि केन्द्र सरकारले उनीहरूलाई बुनियादी ढाँचा उपलब्ध गराउँछ भने डाक विभागको कार्य गर्नमा उनीहरूलाई कुनै समस्या हुनेछैन। तर केन्द्र सरकारले नियोजित रूपमा डाक विभागलाई निमिट्यान्न पार्नको लागि षड़़यन्त्र रचिरहेको छ।
सभामा संगठनका सर्किल नेता देवांशु साहा, 12 जुलाई कमिटीका हीरक गांगुली, ब्यांक इम्प्लोइज यूनियनका नेता विमल गोस्वामी, सीटु नेता देवीदास ब्यनर्जी अतिरिक्त संगठनको आसनसोल डिभीजनल सेक्रेटरी समीर खाँ, रानीगञ्ज जोनका समीर माझी सहित संगठनको पक्षपाट अन्य नेताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा