
खरसाङ, 15दिसम्बर (हि.स.)। भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डल अन्तर्गत बुथ नम्बर 253 जोगमाया चियाबारीमा भारतीय जनता पार्टीको कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा लगभग 25 घर परिवारहरू औपचारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएको दाबी गरिएको छ।
कार्यक्रममा भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाको विशेष उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता तीनधारे महानदी मण्डलका अध्यक्ष उमेश प्रधानले गरेका थिए। कार्यक्रममा जिल्ला महासचिव सोनाम लामा, सचिव विनय प्रसाद, सिलगढी विभाग संयोजक मनोज देवान, मण्डल महा–सचिव दिपराज माझी लगायत अन्य धेरै पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित नेताहरूले भारतीय जनता पार्टीको विचारधारा र जनमुखी नीतिहरूबारे प्रकाश पार्दै नयाँ प्रवेश गरेका परिवारहरूलाई पार्टीमा हार्दिक स्वागत जनाए। कार्यक्रममा स्थानीय स्तरमा संगठनलाई अझ सुदृढ़ बनाउँदै जनताको विश्वास र समर्थनसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरियो।
---------------
हिन्दुस्थान समाचार / हनोक