युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्: राज्यपाल
युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्: राज्यपाल


गान्तोक, 15 दिसम्बर (हि.स.)। राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) सिक्किम को आठौं दीक्षान्त समारोह आज बुद्ध पार्कस्थित कन्ग्रिगेशनल हलमा सम्पन्न भयो। समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य ​अतिथि थिए।

राजभवन अनुसार, समारोहमा कुल 170 उपाधि प्रदान गरियो, जसमा 133 स्नातक, 22 स्नातकोत्तर र 8 पीएच.डी सामेल थिए। यी उपाधिहरू इन्जीनियरिङ, विज्ञान, सूचना प्रौद्योगिकी, मानविकी र सामाजिक विज्ञान जस्ता विभिन्न विषयहरूमा विद्यार्थीहरूलाई प्रदान गरियो। साथै, विभिन्न विभागमा 7 स्वर्ण पदक मेधावी विद्यार्थीहरूलाई प्रदान गरियो। यसैगरी, समारोहमा सजन कुमार बन्सल, प्रबन्धन निदेशक, स्किपर लिमिटेडलाई मानध उपाधि पनि प्रदान गरियो।

राज्यपाल माथुरले आफ्नो सम्बोधनमा उपाधि प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिए। विद्यार्थीहरूलाई प्रेरित गर्दै उनले शिक्षाको उद्देश्य केवल ज्ञान अर्जित गर्नु होइन, तर त्यसलाई मानवीय मूल्य र राष्ट्र निर्माणमा उपयोग गर्नु हो भनी बताए। राज्यपालले विद्यार्थीहरूलाई राष्ट्र प्रथमको भावनालाई सर्वोपरि राख्न र आफ्नो प्राविधिक ज्ञानको उपयोग नवाचार, अनुसन्धान तथा गाउॅं, समाज, राज्य र राष्ट्रको सेवामा गर्न आह्वान गरे।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक युवाहरू हुन् भन्दै मोदी सरकारको डिजिटल इण्डिया, स्टार्ट अप इण्डिया र स्ट्यान्ड अप इण्डिया जस्ता योजनाहरूको लाभ उठाउन आह्वान गरे। राज्यपालले संकाय सदस्यहरूलाई पनि देशका महान विद्वानहरूको विरासतलाई अगाड़ी बढाउन र विद्यार्थीहरूलाई ज्ञानका साथै संस्कार पनि प्रदान गर्न आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande