डेबरामा भाजपाको परिवर्तन यात्रामा भएको हमलाको विरोधमा थाना सामु धरना
डेबरामा भाजपाको परिवर्तन यात्रामा भएको हमलाको विरोधमा थाना सामु धरना


पश्चिम मेदिनीपुर, 16 दिसम्बर (हि. स.)। डेबराको भगवानपुर बजारमा आयोजित भारतीय जनता पार्टी (भाजपा)- को परिवर्तन यात्रामा कथित हमला भएको विरोधमा मंगलवार भाजपा नेता अनि कार्यकर्ताहरू डेबरा थाना सामु धरनामा बसे। भाजपाको आरोप छ, तृणमूल कंग्रेसका समर्थकहरूले पथसभामा मण्डल अध्यक्ष सञ्जय घोड़ाई सहित पार्टी नेतृत्वमाथि नृशंसा हमला गरे।

भाजपा नेताहरूले बताए, भगवानपुर बजारमा भइरहेको पथसभामा अचानक हमला गरी भागाभागको माहोल उत्पन्न गरियो। यस घटनामा केही भाजपा कार्यकर्ताहरूलाई चोट लागेको छ। आरोप छ, हमला भए पनि दोषीहरूलाई तत्काल कारबाही गरिएन जसबाट पार्टी कार्यकर्ताहरूमा आक्रोश फैलियो।

प्रदर्शनकारीहरूले नाराबाजी गर्दै दोषीहरूलाई शीघ्र पक्राउ गरी कड़ा कारबाही गर्ने माग गरे। भाजपा नेताहरूले तृणमूल कंग्रेसमाथि राजनीतिक हिंसालाई प्रेरित गरेको आरोप लगाउँदै भने, राज्यमा लोकतान्त्रिक ढंगमा कार्यक्रम गर्नदेखि विपक्षलाई रोकिँदैछ। उनले चेताउनी दिए, यदि दोषीहरूलाई चाँड़ै पक्राउ गरिएन भने आन्दोलन अझ तीव्र हुनेछ।

धरना-प्रदर्शनलाई ध्यानमा राखेर डेबरा थाना परिसर अनि वरपर पुलिस बललाई तैनाथ गरियो। पुलिस अधिकारीहरूले मामिलाको जाँच गरी आवश्यक कानूनी कारबाही गर्ने आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande