
सिलगढ़ी, 16 दिसम्बर (हि. स.)। उत्तर बंगाल विश्वविद्यालयमा पाँच महिनादेखिको महँगी भत्ता (डीए) नपाएकोमा रूष्ट सारा बंगला तृणमूल शिक्षा बन्धु समितिका सदस्यहरूले व्यापक विरोध प्रदर्शन गरे। बाँकी वेतन वृद्धि तथा चार प्रतिशत डीए दिनुपर्ने मागमा मंगलवार संगठनका सदस्यहरूले विश्वविद्यालयको प्रशासनिक भवनमा ताला लगाइदिए। साथै रजिस्ट्रलाईको घेराउ पनि गरे।
प्रदर्शनकारीहरूको आरोप छ, मुख्यमन्त्रीद्वारा डीए बढ़ाउने घोषणा गरिएको भए पनि अहिलेसम्म त्यसलाई लागू गरिएको छैन। यसको केही महिनाअघि पनि यसै मागलाई लिएर कार्य बहिष्कार गरिएको थियो, तर विश्वविद्यालय प्रशासनको आश्वासनपछि आन्दोलनलाई फिर्ता लिइएको थियो। तथापि यस समस्याको कुनै समाधान भएन।
त्यसै कारण मंगलवार सारा बंगला तृणमूल शिक्षा बन्धु समितिको उत्तर बंगाल विश्वविद्यालय शाखाका सदस्यहरूले पुनः प्रशासनिक भवनमा ताला लगाएर विरोध गरे। यस अवधि विश्वविद्यालयका कर्मचारीहरू मात्र नभएर माइग्रेन सर्टिफिकेट सहित विभिन्न कामहरू लिएर आएका विद्यार्थीहरू फसे।
संगठनको उत्तर बंगाल विश्वविद्यालय शाखाका अध्यक्ष रञ्जीत रायले भने, मुख्यमन्त्रीले डीए बढ़ाउने घोषणा गरेकी थिइन्, तर सम्बन्धित प्राधिकरणले अहिलेसम्म कुनै कदम उठाएको छैन। अर्कोतिर प्रभारि रजिस्ट्ररले बताए, यस मुद्दालाई लिएर उच्च शिक्षा विभागलाई पत्राचार गरिएको छ। विश्वविद्यालयका कुलपतिको अभावमा विभिन्न समस्याहरू भइरहेका छन्। प्रदर्शनको कारणले विश्वविद्यालयको कामकाज पूर्ण रूपल् प्रभावित भएको छ साथै विभिन्न आवश्यक सेवाहरू पनि ठप्प भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा