
हुगली, 16 दिसम्बर (हि. स.)। डानकुनी नगरपालिकाको वार्ड नम्बर- 18 का तृणमूल काउन्सिलर सूर्य देको नाम मंगलवार जारी मसौदा सूचीमा मृतकहरूको पंक्तिमा देखियो। त्यसपछि आफ्नै अन्तिम संस्कार गर्नका लागि पार्षद श्मशान पुगे जहाँ उनले चुनाउ आयोगप्रति आक्रोश व्यक्त गरे।
जानकारी अनुसार पार्षद सूर्य दे विगत लामो समयदेखिकै यस क्षेत्रका निवासी हुन्। उनको क्रम संख्या-40 हो भने बूथ नम्बर 226 हो। मंगलवार बिहान मसौदा मतदाता सूची प्रकाशित भयो जसमा उनको नाम मृतकहरूको सूचीमा परेको छ। त्यसपछि उनले कसैलाई नबताई प्रतीकात्मक विरोधको रूपमा आफ्नो अन्तिम संस्कारलाई पूरा गर्ने सबै चिजहरूको व्यवस्था गरेर उनी आफै श्मशान पुगे।
श्मशानमा बसेर पार्षद सूर्य देले भने, आफै हिँड़ेर आएको छु, आफ्नो अन्तिम संस्कारको लागि। म एकजना जनप्रतिनिधि हुँ, मलाई मृत देखाइँदैछ। यसको कड़ा निन्दा गर्दछु। म अब श्मशानमा आएको छु। चुनाउ आयोगका अधिकारीहरूलाई अनुरोध गर्दछु कि यहाँ आएर मलाई चितामा जलाउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा