दक्षिण 24 परगनाः बदम ठानेर विषालु फल खानाले एघारजना नानीहरू बिमार, डायमण्ड हार्बर अस्पतालमा भर्ती
दक्षिण 24 परगनाः बदम ठानेर विषालु फल खानाले एघारजना नानीहरू बिमार, डायमण्ड हार्बर अस्पतालमा भर्ती


दक्षिण 24 परगना, 16 दिसम्बर (हि. स.)। जिल्लाको मन्दिरबजार थानान्तर्गत बलदेवपुर गाउँका एगारजना बाल-बालिकाहरू गए सोमवार साँझ बदम जस्तै देखिने कुनै विषालु फल खाएर बिमार भए। सबैलाई डायमण्ड हार्बर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचिएको छ।

स्थानीय सूत्र अनुसार गए सोमवार साँझ सड़क किनार मैदानमा खेलिरहेका यी बाल-बालिकाहरूको नजर सड़क किनारको रूखमाथि पऱ्यो। उक्त रूखमा फलेको फल टिपेर उनीहरूले खाए। त्यसपछि उनीहरूलाई वान्ता, भुँड़ी दुख्ने, श्वास-प्रश्वासमा समस्यामा हुन थाल्यो। बाल-बालिकाहरूको शारीरिक स्थिति बिग्रिएको देखेर परिवारका मानिसहरू डराए। उनीहरूलाई मथुरापुर ग्रामीण अस्पतालमा लगियो। प्राथमिक उपचारपछि स्थितिको गम्भीरलाई ध्यानमा राखेर राती नै डाक्टरहरूले एघारजना नानीहरूलाई डायमण्ड हार्बर मेडिकल कलेजमा पठाइदिए। वर्तानमा सबैको उपचार त्यहीँ भइरहेको छ। मंगलवार अस्पताल सूत्रले बताए अनुसार बाल-बालिकाहरूको अवस्था हाल स्थिर छ।

स्थानीय मानिसहरूले माग गरेका छन्, सड़कमा रहेको विषालु फलको रूखलाई चाँड़ै हटाइयोस्। भविष्यमा यस्तो दुर्घटना हुन नदिनको लागि कदम उठानुपर्ने माग पनि उनीहरूको छ।

,

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande