बुजुर्ग महिलाको घरमा जंगली हात्तीको हमला, घर क्षतिग्रस्त
बुजुर्ग महिलाको घरमा जंगली हात्तीको हमला, घर क्षतिग्रस्त


अलिपुरद्वार, 16 दिसम्बर (हि. स.)। जिल्लाको शालकुमारहाटमा एकजना बुज़ुर्ग महिला हात्तीको हमलादेखि भाग्यले बचिन्। तथापि हात्तीको हमलामा बुजुर्ग महिलाको घर भने क्षतिग्रस्त भएको छ।

प्राप्त जानकारी अनुसार लगभग 70 वर्षकी लक्ष्मी हाजरा शालकुमार एक नम्बर ग्राम पञ्चायतको प्रधानपाड़ा गाउँमा अवस्थित घरमै एक्लै बस्दै आएकी छन्। परिवारमा उनको अन्य कोही छैन। उनले भिख मागेर आफ्नो घर धान्थिन्। हढ़्दो उमेरको कारणले उनको सुन्ने र देख्ने क्षमता पनि कम भएको छ।

मंगलवार सेबेरै जंगलबाट आएका दुई वटा हात्तीहरू ले गाउँमा पसेर बुजुर्ग महिलाको घरमाथि हमला गरे। त्यसबेला महिला घरमा सुतिरहेकी थिइन्। महिलालाई घरमा हात्ती आएको थाहा नै भएन। हात्तीले घरमा भिख मागेर ल्याएको चामल र चिउरा सबै खाइदियो। यसैबेला छिमेकीहरूले हात्ती भएको थाहा पाए अनि वन विभागलाई सूचना दिए। खबर पाउनसाथ वनकर्मीहरूले घटनास्थलमा पुगेर हात्तीलाई जंगल तर्फ लेखेटे।

जलदापाड़ा वन विभागले बतायो, बुजुर्ग महिलाको घरको मरम्मत गराइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande