
मङ्गन, 18 दिसम्बर (हि.स.)। मन्त्री तथा क्षेत्र विधायक साम्डुप लेप्चा आज लाचुङ गुम्पामा आयोजित वार्षिक पवित्र काग्येद छाममा मुख्य अतिथिका रूपमा सहभागी बने। मन्त्रीको साथमा लाचुङका पिपन, पञ्चायतगण र अन्य गणमान्य व्यक्तिहरू पनि सामेल थिए।
यस अवसरमा मन्त्रीले परमपावन क्याब्जे लाचुङ रिम्पोछेको आशीर्वाद ग्रहण गर्दै गुम्पामा पूजा अर्चना गरे। मन्त्री लेप्चाले रिम्पोछेको उपस्थितिमा यस महत्वपूर्ण अवसरमा सहभागी बन्न पाएकोमा खुशी व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल