
गान्तोक, 18 दिसम्बर (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्गमा नर्बु शेर्पाको अगुवाईमा विधानसभाको एक प्रतिनिधि टोली बुधवार पेरिस, फ्रान्स पुगेको छ। टोलीमा विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा लगायत सचिव र प्रधान निदेशक पनि सामेल रहेको विधानसभा सचिवालयले विज्ञप्तिमा जनाएको छ।
सचिवालय अनुसार, सिक्किम विधानसभा प्रतिनिधि टोली सम्मेलन पछिको अध्ययन भ्रमणका लागि पेरिस गएका हुन्। टोलीलाई पेरिस एयरपोर्टमा भारतीय दूतावासका एचओसी नवीन कुमारले स्वागत गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल