
गान्तोक, 18 दिसम्बर (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी), सेक्टर हेडक्वार्टर, गान्तोकले आज सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा रक्तदान शिविर आयोजन गऱ्यो। एसएसबीको 62औं वर्षगॉंठको अवसरमा रक्तदान शिविर आयोजना गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
रक्तदान शिविर एसटीएनएम अस्पतालको ब्लड ब्याङ्कका चिकित्सकहरू र कर्मचारीहरूको सहयोगमा आयोजना गरिएको थियो। एसएसबी, सेक्टर हेडक्वार्टरका उप महानिरीक्षक मनिस कुमारको मार्गदर्शनमा आयोजित यस रक्तदान शिविरमा सेक्टर मुख्यालय, गान्तोक र फिल्ड युनिटका अधिकारीहरू र कर्मचारीहरूले उत्साहका साथ स्वेच्छापूर्वक रक्तदान गरे।
उप महानिरीक्षक कुमारले रक्तदाताहरूलाई रक्तदानको महत्वको बारेमा जानकारी गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल