कोलकातामा क्रिसमस महोत्सवको आगमन, ममता ब्यनर्जीले दिइन् शान्ति अनि मानवताको सन्देश
कोलकातामा क्रिसमस महोत्सवको आगमन, ममता ब्यनर्जीले दिइन् शान्ति अनि मानवताको सन्देश


कोलकाता, 19 दिसम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले गए बिहीवार राती शहरको एलन पार्कमा कोलकाता क्रिसमस महोत्सवको 15औं संस्करणको उद्घाटन गरिन्। यस अवसरमा उनले मानिसहरूको साथमा रहने, मानवतालाई कायम राख्ने तथा खुशियाली समाजको समाज निर्माण गर्ने आह्वान गरिन्। मुख्यमन्त्रीको सन्देश बंगाल मात्र होइन, सारा दुनियाँको लागि थियो।

उत्सवको रंग-बिरंगी माहोल औ झलमल्ल प्रकाशबीच ठूलो संख्यामा उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै ममता ब्यनर्जीले भनिन्, सबैजना खुशी रहनुहोस् अनि परिवारसित प्रेम एवं सौहार्दको जीवन बिताउनुहोस्। उनले भने, भावी पिँढ़ी खुल्ला आकाशमुनि, खुल्ला वातावरणमा पूर्ण प्रेमभावको साथमा अगाड़ि बढ़ोस्, यही उनको कामना छ।

मुख्यमन्त्रीले भनिन्, सारा राज्यमै क्रिसमसलाई लिएर उत्साह छाएको छ र सबै जिल्लाहरूलाई सुन्दर ढंगमा सजाइएको छ। उनले भनिन्, यस खुशीको माहोललाई देखेर उनलाई धेर खुशी लागिरहेको छ, तथापि कतिपय मानिसहरूले बंगाललाई बदनाम गर्ने चेष्टा गरिरहन्छन्। उनले स्पष्ट रूपमा भनिन्, बंगालको असली शक्ति आपसी सौहार्द र मिलीजुली उत्सव मनाउने परम्परामा छ।

बंगालको सांस्कृतिक परम्पराको उल्लेख गर्दै ममता ब्यनर्जीले भनिन्, यहाँ मेलादेखि लिएर खेलसम्म हरेक उत्सवलाई मानिसहरूले मिलेर मनाउँछन्। तिहारहरूले मानिसहरूलाई जोड़्ने काम गर्दछ। उनले भनिन्, तनाउ अनि व्यवस्ततापूर्ण जीवनमा यस्तो आयोजनले मानिसहरूलाी शान्ति र खुशी दिन्छ, त्यसैले उनको सरकार चाहन्छ कि मानिसहरू खुशियाली पूर्वक जीवन बिताउन्।

कोलकाता क्रिसमस महोत्सवले हरेक साल ठूलो संख्यामा मानिसहरूलाई आकर्षित गर्दछ। पार्क स्ट्रीट र वरपरका क्षेत्रहरूमा लाखौं मानिसहरू पुग्ने आशा छ। मुख्य महोत्सव आगामी 30 दिसम्बरस्म चल्नेछ भने सजावट र खानपानको स्टर आगामी 5 जनवरी,2026-सम्म यथावत रहनेछ।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande